
लक्की चौधरी
काठमाडौं, माघ २१ गते । नेकपा (एमाले) का उपाध्यक्ष वामदेव गौतमले वाम गठबन्धन दलमा आवद्ध नेकपा (एमाले) र माओवादी केन्द्रबीचको एकता मुलुकको आवश्यकता भएको बताउनुभएको छ । एकताप्रक्रिया अघि बढिसकेकाले अव एकतामा कुनै सन्देह नरहेको तर्क गर्नुभयो ।
प्रेस चौतारी नेपालको २० औं स्थापना दिवसको पूर्वसन्ध्यामा आयोजित कार्यक्रममा आइतबार यहाँ उपाध्यक्ष गौतमले त्यस्तो तर्क गर्नु भयो । वाम एकताबाट निर्मित शक्तिले नै मुलुकको आर्थिक रुपान्तरण गर्ने र अवको आधा शताब्दीसम्म मुलुकमा वामशक्तिले नेतृत्व गर्ने दावी उहाँले गर्नुभयो । वाम एकता अन्तिम चरणमा पुगेको बताउनुहुँदै उहाँले एकता प्रक्रिया भाँडिएमा नेपाली कम्युनिष्टलाई ठूलो क्षतिहुने बताउनुभयो ।
वाम एकताबाट निर्मित शक्तिले नै मुलुकको आर्थिक रुपान्तरण गर्ने र अवको आधा शताब्दीसम्म मुलुकमा वामशक्तिले नेतृत्व गर्ने दावी उहाँले गर्नुभयो ।
नेपालमा भइरहेको वाम शक्तिको एकतामा विश्वभरका कम्युनिष्टहरुको नजर रहेको बताउनुहुँदै उहाँले कुनै हालतमा एकतालाई पूर्णता दिनुको विकल्प नरहेको तर्क गर्नुभयो । वाम शक्तिकै बलमा मुलुकमा माक्र्स र लेनिनले चाहेकैजस्तै समाजवाद कायम हुने विश्वास व्यक्त गर्नुहुँदै उहाँले समाजवाद प्राप्तको प्रक्रियामात्र फरक हुने चर्चा गर्नुभयो ।
“पार्टी एकतामा केही चुनौति छन् तर हात्ति छिर्यो, पुच्छर अडक्योेजस्तो हुँदैन” भन्नुहुँदै वाम एकताका सूत्रधारकारुपमा परिचित उपाध्यक्ष
गौतमले सम्मानजनकरुपमा पार्टी एकता हुने विश्वास व्यक्त गर्नुभयो । अर्को प्रसंगमा उपाध्यक्ष गौतमले निर्वाचनबाट पराजित शक्ति नेपाली कांग्रेस सत्तामा टाँसिइरहनु गलत भएको टिप्पणी गर्नुभयो ।
सो अवसरमा उपाध्यक्ष गौतमले अवको मुलुकको आर्थिक रुपान्तरणमा मिडियाको भुमिका महत्वपूर्ण रहने भन्दै उहाँले मिडियालाई जिम्मेवार र विनम्र भएर कलम चलाउन आग्रह गर्नुभयो । प्रेस चौतारी नेपालले श्रमजीवी र कलमजीवी पत्रकारको प्रतिनिधित्व गरिरहेको उहाँले बताउनुभयो ।
एमाले सचिव तथा प्रचारविभाग प्रमुख योगेश भट्टराईले मुलुकको राजनीतिमा वृहत ध्रुवीकरण शुरुभएको र त्यही ध्रुवीकरणले मुलुकको आर्थिक तथा राजनीतिक नयाँ संरचना तय गर्ने बताउनुभयो । ‘मेड इन नेपाल’ मोडलमा वाम एकताको प्रक्रिया अघि बढेको भन्दै उहाँले कसैको दवाव र वहकाउमा एकता प्रक्रिया नजोडिएको तर्क गर्नुभयो । अमुक नेतृत्वलेमात्र चाहेर वाम एकता सम्भव नभएको बताउनुहुँदै उहाँले एकताकालागि दुवै दलका पार्टी पङ्ति एक भएको बताउनुभयो ।
“पार्टी एकतामा केही चुनौति छन् तर हात्ति छिर्यो, पुच्छर अडक्योेजस्तो हुँदैन” भन्नुहुँदै वाम एकताका सूत्रधारकारुपमा परिचित उपाध्यक्ष गौतमले सम्मानजनकरुपमा पार्टी एकता हुने विश्वास व्यक्त गर्नुभयो ।
एमाले लोकतान्त्रिक प्रक्रियाबाट चलेकाले एउटै पार्टी (जंगल) भित्र थुप्रै नेता (बाघ) अटाउने बताउनुहुँदै उहाँले वाम एकताको संरचना पनि त्यहीअनुरुप चल्ने दावी गर्नुभयो । पार्टी एकता समयको माग भएको बताउँदै उहाँले पार्टी एकताबाट अब दुवै दल पछि हट्न नसक्ने जिकिर गर्नुभयो ।
माओवादी केन्द्रकी प्रवक्ता पम्फा भुषालले नेपालको राजनीतिक आन्दोलन उत्कर्ष र निस्कर्षमा पुगेको बताउनुभयो । तीनै तहको निर्वाचनपछि आएको परिणामसँगै राजनीतिक संक्रमणको अन्त्य हुन लागेको र मुलुक अव आर्थिक समृद्धि र राजनीतिक स्थायित्वमा प्रवेश गरेको उहाँले दावी गर्नुभयो । वाम एकता हुन नदिन देशी विदेशी शक्तिहरु षडयन्त्रमा लागेपनि एकता प्रक्रियामा कुनै असर नपर्ने उहाँले चर्चा गर्नुभयो ।
प्रेस चौतारी नेपालका अध्यक्ष गणेश वस्नेतको सभापतित्वमा भएको कार्यक्रममा एमाले प्रचार विभागका उपप्रमुख सूर्य थापा, प्रेस काउन्सिल नेपालका कार्यबाहक अध्यक्ष किशोर श्रेष्ठ, नेपाल पत्रकार महासंघका अध्यक्ष गोविन्द आचार्य, प्रेस चौतारी नेपालका पूर्व अध्यक्ष शम्भु श्रेष्ठ, आदिबासी जनजाति पत्रकार महासंघ (फोनिज) का अध्यक्ष डण्ड गुरुङ, प्रेस सेन्टरका उपाध्यक्ष ओम शर्मा, सञ्चारिका समूहकी अध्यक्ष निर्मला शर्मा लगायतले शुभकामना मन्तव्य व्यक्त गर्नुभएको थियो ।




