शिक्षणमा उत्कृष्ट नाइटिङ्गेल विद्यालयले मनायो आफ्नो रजत महोत्सव


काठमाडौं, फागुन १ गते । ललितपुरको कुपण्डोलस्थित रहेको नाइटिङ्गेल विद्यालयले स्थापनाको रजत महोत्सव भव्यताकासाथ मनाएको छ । २०४९ सालमा स्थापना भएको विद्यालयका संस्थापक तेजुलाल चौधरी हुन् ।

कार्यक्रममा शिक्षामन्त्री गोपालमान श्रेष्ठले शिक्षा क्षेत्रमा नाइटिङ्गेलको महत्वपूर्ण भूमिका रहेको चर्चा गर्नुभयो । शिक्षा क्षेत्रको विकासमा विद्यालयले प्रभावकारी भूमिका खेलेको श्रेष्ठले बताउनुभयो ।

विद्यालयका सञ्चालक तेजुलाल चौधरीले शिक्षा क्षेत्रमा विद्यालयको साख गिर्न नदिने प्रतिवद्धता जनाउनुभयो । ४० विद्यार्थीबाट शुरुभएको नाइटिङ्गेल अहिले देशकै गौरवको विद्यालय स्थापना भएकोमा उहाँले खुशी व्यक्त गर्नुभयो । अहिले विद्यालयमा करिब तीन हजार विद्यार्थी अध्ययनरत छन् । विद्यालयमा कक्षा १२ सम्मको पढाई हुने गरेको छ ।

विद्यालयका प्रिन्सिपल रञ्जना प्रधानले गुणस्तरीय शिक्षाकालागि विद्यालयले उत्कृष्ट योगदान दिएको र आगामी दिनमा पनि त्यसलाई निरन्तरता दिने प्रतिवद्धता जनाउनुभयो ।

रजत यन्तीको अवसरमा २५ वर्षदेखि विद्यालयमा शिक्षण गरिरहेका शिक्षक र शिक्षिकालाई नगद २५ हजार रुपैयाँसहित कदरपत्रले सम्मानित गरिएको छ । कार्यक्रममा नेपाली भेषभुषा झल्किने विभिन्न कार्यक्रम र खेलकुद कार्यक्रम गरिएको थियो । विद्यालयले शिक्षामा उत्कृष्ट योगदान दिएको भन्दै धेरै पटक राष्ट्रिय सम्मान प्राप्त गरेको छ ।

तपाईको प्रतिक्रिया