प्रधानमन्त्रीमा ओली नियुक्त, देश हितलाई सर्वोपरी राखेर काम गर्ने प्रतिवद्धता


लक्की चौधरी
काठमाडौं, फागुन ३ गते । मुलुकको ४१ औं प्रधानमन्त्रीमा एमाले अध्यक्ष केपी शर्मा ओली विहिबार नियुक्त हुनुभएको छ । उहाँलाई राष्टपति विद्यादेवी भण्डारीले सो पदमा नियुक्त गर्नुभयो । प्रम ओलीले विहिबारै तीन सदस्यीय सानो मन्त्रीमण्डल गठन गर्नुभएको छ ।

जनसंख्या तथा वातावरण मन्त्रीमा नेता लालबावु पण्डित र महिला तथा बालबालिका मन्त्रीमा थममाया थापा नियुक्त हुनुभएको छ । प्रधानमन्त्री ओलीसहित तीनैजनाले विहिबार राष्टपछिबाट पद तथा गोपनीयताको शपथ लिनुभयो ।

नवनियुक्त प्रधानमन्त्री केपी शर्मा ओलीले सांसदहरुलाई मर्यादित र जिम्मेवार भएर काम गर्न निर्देश गर्नुभएको छ । आफू नेतृत्वको सरकारबाट जनताको धेरै आशा र भरोसा भएकाले काम गरेर देखाउने चुनौति रहेको उहाँले तर्क गर्नुभयो ।

“वाम गठबन्धन मुलुकको आर्थिक समृद्धि कायम गर्ने महाअभियानमा छ, यसबेला अनेक चुनौति र समस्या पनि आउलान तर हामीले त्यससँग एक भएर जुध्नुपर्छ, हामी समाना गर्न सक्छौं” अध्यक्ष ओलीले भन्नुभयो ।

पार्टी मुख्यालय धुम्बाराहीमा बसेको एमाले संसदीयदलको कार्यालयमा नवनियुक्त प्रधानमन्त्री तथा पार्टी अध्यक्ष ओलीले त्यस्तो निर्देश गर्नुभयो । “संसदमा उठाउने विषयबारे पर्याप्त अध्ययन र जानकारी राखी जनताको पक्षमा काम गर्नुहोला, हामीले काम गरेर देखाउनुछ” अध्यक्ष अ‍ोलीले बैठकमा सांसदहरुलाई निर्देश गर्नुभयो । सो अवसरमा उहाँले देशको हितलाई सर्वोपरी राखेर आफूले काम गर्ने प्रतिवद्धता जनाउनुभयो ।

“वाम गठबन्धन मुलुकको आर्थिक समृद्धि कायम गर्ने महाअभियानमा छ, यसबेला अनेक चुनौति र समस्या पनि आउलान तर हामीले त्यससँग एक भएर जुध्नुपर्छ, हामी समाना गर्न सक्छौं” अध्यक्ष ओलीले भन्नुभयो । उहाँले पार्टी पङ्क्तिलाई एकताबद्ध भएर महाअभियानमा लाग्न आग्रह गर्नुभयो ।

अध्यक्ष ओलीले राष्ट्रपति विद्यादेवी भण्डारीबाट प्रधानमन्त्रीमा नियुक्ती लिएर एमाले संसदीयदलको बैठक बसाउनुभएको थियो । सो बैठक शुरुभएपछि सम्बोधन गर्दै उहाँले भन्नुभयो, “पूर्णतः लोकतान्त्रिक र पारदर्शी चरित्र देखाउनुहोला, त्यसो गरेमात्र देशको विकास सम्भव हुन्छ, हामीले नगरे कसले गर्छ ?” हरेक काममा पारदर्शीता कायम गरी मुलुकबाट भ्रष्टाचारको अन्त्य गर्ने अभियानमा लाग्न उहाँले सांसदहरुलाई निर्देश गर्नुभयो ।

अध्यक्ष ओलीले पुरुष संसद भवन र राष्ट्रपति सहभागी हुने कार्यक्रममा सांसदलाई दौरा सुरुवाल र महिला सांसदलाई साडी र चोलो लगाएर मर्यादित ढंगले संसदमा आउन आग्रह गर्नुभयो ।

सो अवसरमा अध्यक्ष ओलीले पुरुष संसद भवन र राष्ट्रपति सहभागी हुने कार्यक्रममा सांसदलाई दौरा सुरुवाल र महिला सांसदलाई साडी र चोलो लगाएर मर्यादित ढंगले संसदमा आउन आग्रह गर्नुभयो । उहाँले पुरुष सांसदलाई झमझम स्टकोट लगाएर संसद भवन नछिर्न समेत आग्रह गर्नुभयो ।

“हिजोको अवस्था एउटा किसिमको थियो, आज अर्को किसिमको छ, सबै सांसदले लोगो लगाएर संसद भवन छिर्नुहोला, जनताले गाली गर्छन् कि भनेर डराउनु पर्दैन” ओलीले भन्नुभयो । त्यस्तै, बैठकमा अध्यक्ष ओलीले जिल्ला या विदेश जाँदा सम्बन्धित निकायमा अनुमति लिएर मात्र जान आग्रह गर्नुभयो ।

बैठकले अध्यक्ष ओलीलाई संसदीयदलको नेतामा सर्वसम्मत चयन गरेको छ । वरिष्ठ नेता माधवकुमार नेपालले राख्नुभएको प्रस्तावमा बैठकले सर्वसम्मतरुपले अनुमोदन गरेको हो । नियमानुसार पहिले संसदीय दलको नेता चयन भएर प्रधानमन्त्रीमा नियुक्ती लिनुपर्ने भएपनि अध्यक्ष ओलीले पहिले प्रधानमन्त्रीमा नियुक्ती लिएर मात्र संसदीयदलको नेतामा चयन हुनुभयो ।

बैठकमा अध्यक्ष ओलीले माअ‍ोवादी केन्द्रसँग भइरहेको पार्टी एकता प्रक्रियाको प्रगतिबारे समेत जानकारी गराउनुभएको एमाले नेता नारदमुनी रानाथारुले बताउनुभयो । पार्टी एकता प्रक्रिया अन्तिम चरणमा पुगेकाले चाँडै दुवै दल एक हुने र संयुक्तरुपमा सरकार सञ्चालन गर्ने विश्वास दिलाउनुभएको नेता रानाथारुले जानकारी गराउनुभयो ।

तपाईको प्रतिक्रिया