सांसदहरुको शपथ फागुन २० गते हुने, मातृभाषामा शपथ लिनमिल्ने व्यवस्था


काठमाडौं, फागुन ९ गते । संघीय संसदका सांसदहरुको शपथ ग्रहण फागुन २० गतेकालागि तय भएको छ । संघीय संसद् सचिवालयले सार्वजनिक गरेको सूचनाअनुसार फागुन २० गते साँझ ४ र ५ बजे शपथग्रहण हुनेछ ।

सचिवालयले प्रतिनिधिसभाका सदस्यहरुलाई फागुन २० गते ४ बजे र राष्ट्रियसभा सदस्यका लागि ५ बजे समय तोकेको छ ।

प्रतिनिधिसभाका जेष्ठ सदस्यले सांसदहरुलाई शपथ ग्रहण गराउने संवैधानिक व्यवस्था छ । सांसदहरुलाई संसद् सचिवालयले राष्ट्रिय पोशाक वा आ–आफ्नो सांस्कृतिक पहिचान झल्कने पोशाकमा निर्वाचन आयोगबाट प्राप्त प्रतिनिधिसभा र राष्ट्रियसभाका सदस्यलाई प्र्रमाणपत्रसहित उपस्थित हुन आग्रह गरेको छ ।

कुनै पनि सांसदले मातृभाषामा शपथ लिन चाहेमा पनि व्यवस्था गरेको सचिवालयका प्रवक्ता डा. भरत गौतमले बताउनुभयो । तीन दिनअघि नै मातृभाषामा अनुवाद गरी प्रतिसहित संसद सचिवालयका महासचिवलाई बुझाउनुपर्ने भनेको छ ।

सचिवालयले प्रतिनिधिसभाका सदस्यहरुलाई फागुन २० गते ४ बजे र राष्ट्रियसभा सदस्यका लागि ५ बजे समय तोकेको छ ।

तपाईको प्रतिक्रिया