
लक्की चौधरी
काठमाडौं, फागुन १२ गते । नेपाल–भारत प्रबुद्ध समूह (इपीजी) को बैठक शनिबारदेखि काठमाडौंमा बस्दैछ । समूहको बैठक शनिबार र आइतबार दुई दिन चल्नेछ ।
नेपाल–भारतबीच भएको शान्ति तथा मैत्री सन्धीको पुनरावलोकन, दुई देशबीचको खुला सिमाना समस्या तथा त्यसको समाधान, दुई देशबीचको व्यापार, सांस्कृतिक विकासका यावत विषयमा दुवै देशका विज्ञहरुले छलफल गरिरहनुभएको छ । छलपलपछि दुवै देशको सरकारलाई प्रतिवेबेदन बुझाउनेगरी गठन भएको विज्ञ सम्मिलित समूहको बैठकले यसअघिसम्मको छलफललाई प्रारम्भिक मस्यौदाको काम शुरुगर्ने समूहका सदस्य निलाम्बर आचार्यले बताए ।
नेपाल–भारत सम्बन्धलाई समग्रतामा अध्ययन गरी सुझावसहितको प्रतिवेदन पेश गर्ने जिम्मेवारी पाएको प्रबुद्ध समूहको बैठकमा दुवै देशबीचको सुरक्षा संवेदनशीलता, जलस्रोत, समग्र हितका विषयमा छलफल गरेको छ । छलफलको पहिलो चरण करिब सम्पन्न भएकाले मस्यौदाको काम शुरुहुने समूहका सदस्य आचार्यले बताए ।
नेपाल–भारत सम्बन्धलाई समग्रतामा अध्ययन गरी सुझावसहितको प्रतिवेदन पेश गर्ने जिम्मेवारी पाएको प्रबुद्ध समूहको बैठकमा दुवै देशबीचको सुरक्षा संवेदनशीलता, जलस्रोत, समग्र हितका विषयमा छलफल गरेको छ । छलफलको पहिलो चरण करिब सम्पन्न भएकाले मस्यौदाको काम शुरुहुने समूहका सदस्य आचार्यले बताए ।
यसअघि दुई देशबीच भएको पारवाहन सन्धी र सन १९५० को मैत्रीसन्धीको विषयलाई समयानकुुल परिमार्जन गर्न दुवै देशका विज्ञसमूह तयार भएका छन् । समूहले व्यापक छलफल गरी तयार गर्ने प्रतिवेदनलाई दुवै देशको सरकारले कार्यान्वयनमा लग्ने यसअघि नै प्रतिवद्धता जनाएका थिए ।
यसअघिको प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारले दुवै देशबीच विवादित विषयको समाधान गर्नेगरी विज्ञहरु सम्मिलित प्रबुद्ध समूह गठन गरेको थियो । समूहको कार्यविधि दुई वर्षकालागि तोकिएको छ । सन् २०१६ को जुलाईमा काठमाडौंमा आयोजित विदेशमन्त्री स्तरीय संयुक्त बैठकबाट प्रबुद्ध समूह गठन गर्ने निर्णय भएको थियो ।
समूहमा नेपालको तर्फबाट कुटनीतिज्ञ तथा पूर्व परराष्ट्रमन्त्री डा. भेषबहादुर थापा, परराष्ट्रविद डा. राजन भट्टराई, संविधानविद निलाम्बर आचार्य र कानूनविद सूर्यनाथ उपाध्याय सदस्य छन् । त्यस्तै भारतीय पक्षबाट भारतीय जनता पार्टीका नेता भगतसिंह कोसियारी, पूर्व राजदूत जयन्तप्रसाद, प्राध्यापक महेन्द्र पि. लामा र भुवनचन्द्र उप्रेती सदस्य छन् ।
बैठककालागि भारतीय प्रवुद्ध समूहका सदस्यहरु काठमाडौंमा आइसकेका छन् । बैठक शनिबार १० बजेबाट होटल ¥याडिसनमा हुने समितिका सदस्य आचार्यले जानकारी दिए । उनकोअनुसार यसअघिको बैठकमा विषयवस्तुबारे व्यापक छलफल भएकाले शनिबारबाट शुरुहुने दुई दिने बैठकले छलफलका विषयलाई मस्यौदा गर्ने कामको शुरुवात गर्नेछ ।




