
काठमाडौं, फागुन १२ गते । १०८ औं अन्तर्राष्ट्रिय श्रमिक महिला दिवसको अवसरमा शनिबार तीनजना पत्रकार महिलाहरु पुरस्कृत हुनुभएको छ ।
आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) काठमाडौ जिल्ला शाखाले आयोजना गरेको आदिवासी जनजाति महिला पत्रकारको भेलामा सुदूरपश्चिमको कैलालीबाट प्रकाशित हुने मर्निङ्बेल दैनिकका संस्थापक प्रकाशक÷सम्पादक तथा महिला खबर डटकमका सम्पादक लोग्शरी कुँवर, अपाङ्गता भएका पत्रकार महिला गण्डकी एफएममा कार्यरत प्रविना गोले र नेवा एफएमकी अनिता महर्जन पुरस्कृत हुनुभयो ।
कार्यक्रमका प्रमुख अतिथि तथा राष्ट्रिय सूचना आयोगका आयुक्त यशोदा तिमल्सिनाले कदरपत्र, दोसल्ला र पाँच हजार नगदसहित पत्रकार महिलाहरुलाई पुरस्कृत गर्नुभयो ।
कैलालीबाट प्रकाशित हुने मर्निङ्बेल दैनिकका संस्थापक प्रकाशक÷सम्पादक तथा महिला खबर डटकमका सम्पादक लोग्शरी कुँवर, अपाङ्गता भएका पत्रकार महिला गण्डकी एफएममा कार्यरत प्रविना गोले र नेवा एफएमकी अनिता महर्जन पुरस्कृत हुनुभयो ।
सोही अवसरमा राष्ट्रिय सूचना आयोगबाट प्रकाशित नेपाल भाषाको मिसापिनि सुविधा सम्बन्धी सुचंः (महिलाका सुविधासम्बन्धी सुचना) पुस्तिका पनि विमोचन गरिएको फोनिज काठमाडौंकी अध्यक्ष मिरा राजभण्डारीले जानकारी दिनुभयो ।
कार्यक्रममा न्यूनतम पारिश्रमिक निर्धारण समितिका अध्यक्ष गंगाधर पराजुली, नेपाल पत्रकार महासंघका महासचिव रमेश विष्ट, फोनिजका संगठन सचिव मनोज घर्तीमगर, फोनिजका केन्द्रीय सदस्य दिपा मगर, प्रेस युनियनका वरिष्ठ महिला उपाध्यक्ष वाला अधिकारी, प्रेस चौतारी नेपालका केन्द्रीय सदस्य देवीका घर्तीमगर, क्रियाशील पत्रकार महिलाका अध्यक्ष अमिका राजथला लगायतले बोल्नुभएको थियो ।




