
फागुन १७, काठमाडौं । प्रधानमन्त्री केपीशर्मा ओलीले फागु पूर्णिमा होली २०७४ को अवसरमा स्वदेश तथा विदेशमा रहेका सबै नेपालीलाई शुभकामना व्यक्त गर्नुभएको छ ।
प्रधानमन्त्री ओलीले शुभकामना सन्देश जारीगर्दै यस पर्वले नेपालीहरुबीच सद्भाव बढाउन महत्वपूर्ण भुमिका निर्वाह गर्ने विश्वास व्यक्तगर्नुभएको छ । प्रधानमन्त्रीओलीले आफ्नो शुभकामना सन्देशमा होली पर्वलाई असत्यमाथि सत्य र खराबमाथि असलपक्षको विजयकोरुपमा लिइने उल्लेख गर्नुभएको ओलीका प्रेस संयोजक चेतन अधिकारीले बताउनुभयो ।
प्रधानमन्त्रीओलीले आफ्नो शुभकामना सन्देशमा होली पर्वलाई असत्यमाथि सत्य र खराबमाथि असलपक्षको विजयकोरुपमा लिइने उल्लेख गर्नुभएको ओलीका प्रेस संयोजक चेतन अधिकारीले बताउनुभयो ।
फागु पुर्णिमाले सम्पुर्ण नेपालीमा उत्साह उमङ्ग ल्याओस् भन्दै प्रधानमन्त्री ओलीले शुभकामना सन्देशमा भन्नुभएको छ ‘फागु पुर्णिमा होलीले सबै नेपालीमा नयाँ उत्साह, उमंग र हौसला प्रदान गरोस् र सबै नेपालीबीच एक आपसमा भाइचारा र घनिष्टता अभिवृद्धि गर्न सहयोग पु¥याओस् ।’
यसैबीच राष्ट्रपति विद्यादेवी भण्डारी, उपराष्ट्रपति नन्दबहादुर पुनले पनि होली पर्वको अवसरमा सबै नेपालीलाई शुभकामना व्यक्त गर्नुभएको छ ।




