टीकापुर घटनाका आरोपी निर्दोश राजबन्दीलाई रिहाई गर्न माग


काठमाडौं, फागुन २३ गते । थरुहट थारुवान संयुक्त संघर्ष समितिले टीकापुर घटनाको आरोपमा राजबन्दी जिवन व्यतित गरिरहेकालाई विना शर्त रिहाईको माग गरेको छ । 

रिपोर्टर्स क्लवमा बुधबार यहाँ पत्रकार सम्मेलन गर्दै संघर्ष समितिले सो माग गरेको हो । टीकापुर घटना राजनीतिक घटना भएकाले त्यसलाई सोहीरुपमा सल्टाउन थारु अगुवाले माग गरे । सो अवसरमा उहाँहरुले अनावश्यकरुपमा झुठा मुद्दा लगाई निर्दोसलाई दुःख दिने काम भएको थारु अगुवाले गुनासो गरे ।

पूर्व सभासद रुक्मिणी चौधरीले २०७२ भाद्र ७ गते घटेको कैलालीको सो घट्ना नितान्तै राजनीतिक भएको दाबी गर्नुभयो । टिकापुर घटनाको सत्यतथ्य सहितको प्रतिवेदन तयार पारिए पनि सार्वजनिक नगरिएकोमा उहाँले आपत्ति जनाउनुभयो ।

‘टिकापूर घट्ना राजनीतिक थियो, आज त्यही आन्दोलनको नाममा कयन ब्यक्तिहरुलाई झुठा मुद्दा लगाएर जेलमा कोच्ने काम भएको छ भन्दै थारु नेतृ चौधरीले भन्नुभयो, “हामी बुद्धका अनुयायी हौँ, हाम्रो संस्कारमा हिंसा भन्ने हुँदैन ।”

‘टिकापूर घट्ना राजनीतिक थियो, आज त्यही आन्दोलनको नाममा कयन ब्यक्तिहरुलाई झुठा मुद्दा लगाएर जेलमा कोच्ने काम भएको छ भन्दै थारु नेतृ चौधरीले भन्नुभयो, “हामी बुद्धका अनुयायी हौँ, हाम्रो संस्कारमा हिंसा भन्ने हुँदैन ।”

समितिका केन्द्रिय सदस्य किशोर विश्वासले थारुलाई दासत्व र आन्तरिक उपनिवेशमा राखिएको आरोप लगाउनुभयो । ‘यो मुलुकमा हाम्रो कुनै अस्तित्व स्विकार गरिँदैन, हाम्रा माँगहरुको बारेमा राज्य जहिले निरीह छ, भन्दै नेता विश्वासले टिकापुर आन्दोलनको नाममा हाम्रो मुक्तिको आन्दोलनलाई कमजोर बनाउने कोसिस भयो भन्नुभयो ।

रेशमलाल चौधरी जनताको भारी मतबाट निर्वाचित भएको बताउँदै नेता विश्वासले भन्नुभयो, ‘हाम्रो देशमा ठूलालाई चैन सानालाई ऐन हुन्छ भन्थे हो रहेछ । यही देशमा कानूनतः अपराधी ठहर भएकाहरु कसैलाई कानूनले चिन्दैन, कसैलाई अन्याय गर्छ यो राम्रो भएन नेता विश्वासले भन्नुभयो ।

तपाईको प्रतिक्रिया