
लक्की चौधरी
काठमाडौं, फागुन २७ गते । प्रधानमन्त्री केपी शर्मा ओलीले नियुक्ती पाएको २४ दिनपछि प्रतिनिधिसभामा विश्वासको मत प्राप्त गर्नुभएको छ । प्रतिनिधिसभाको कुल २७५ मतमध्ये उहाँको पक्षमा २०८ मत परेको थियो । यो कुल मतभारको ७५.६८ प्रतिशत हो । विपक्षमा ६० मत परेको थियो ।
संघीय संसद भवन नयाँ बानेश्वरमा बसेको आइतबारको संसद बैठकमा प्रधानमन्त्री ओलीले विश्वासको मत लिन बैठकसमक्ष प्रस्ताव पेश गर्नुभएको थियो । उहाँको प्रस्तवअनुरुप सभामुख कृष्णबहादुर महराले प्रक्रिया अगाडि बढाउनुभएको थियो । कुल २७५ सांसदमध्ये मतदानमा २६८ को उपस्थिति थियो । ७ जना सांसद अनुपस्थित रहनुभयो ।
संविधानको धारा ७६ (४) अनुसार प्रधानमन्त्रीमा नियुक्त भएको ३० दिनभित्र संसद बैठकबाट विश्वासको मत लिनुपर्ने व्यवस्था छ । प्रधानमन्त्री ओली फागुन ३ गते प्रधानमन्त्रीमा नियुक्त हुनुभएको थियो ।
प्रधानमन्त्री ओलीको पक्षमा एमालेको १२१ मत, माओवादी केन्द्रको ५३ मत, राजपाको १६, संघीय समाजवादी फोरम नेपालको १६, जनमोर्चाको १, राप्रपाको १, स्वतन्त्र (छक्कबहादुर लामा) १, मत परेको थियो । नेमकिपाका सांसद प्रेम सुवाल मतदान गर्नुभएन ।
सभामुख कृष्णबहादुर महराले प्रक्रिया अगाडि बढाउनुभएको थियो । कुल २७५ सांसदमध्ये मतदानमा २६८ को उपस्थिति थियो । ७ जना सांसद अनुपस्थित रहनुभयो ।
प्रधानमन्त्रीको विपक्षमा नेपाली कांग्रेसको ६३, र नयाँ शक्तिको १ मत रहेको थियो । तर कांग्रेसबाट ६० जना सांसदले मात्र मतदान गर्नुभएको थियो । नयाँ शक्तिका सांसद डा. बाबुराम भट्टराई बैठकमा अनुपस्थित रहनुभएको थियो । नेमकिपाका सांसद प्रेम सुवाल उपस्थिति रहे पनि मत जाहेर गर्नुभएन ।
यसअघि पहिलो संसद २०१५ मा कांग्रेसका तत्कालिन प्रधानमन्त्री बीपी कोइरालाले सदनको १०९ मा ७५ विश्वासको मत प्राप्त गर्नुभएको थियो । जुन कुल मतको ६८ प्रतिशत थियो । यो अंकको हिसावले अहिलेसम्मको संसदीय अभ्यासमा सबैभन्दा शक्तिशाली प्रधानमन्त्री ओली नै सावित हुनुभएको छ । उहाँलाई दुई तिहाई बहुमतभन्दा वढी मतको समर्थन मिलेको छ ।
प्रधानमन्त्रीले प्रतिनिधिसभा बैठकमा विश्वासको मत लिने प्रस्ताव गर्नुपछि दलीय हिसावमा उहाँको प्रस्तावमाथि छलफल भएको थियो । प्रधानमन्त्री ओलीको प्रस्तावमा सत्तापक्षी र प्रतिपक्षीको तर्फबाट आ–आफ्ना दलीय अडान र प्रतिवद्धता नेताहरुले जाहेर गर्नुभएको थियो ।
एमाले वरिष्ठ नेता माधवकुमार नेपालले मुलुकको समृद्धि र न्यायिक समानताकालागि वाम नेतृत्वमा सरकार गठन भएकाले त्यसलाई समर्थन गर्न आग्रह गर्नुभयो । वाम गठबन्धन दलबाट जनताको ठूलो आशा र भरोसा रहेकाले हातेमालो गरेर अगाडि बढ्न उहाँले सबैलाई आग्रह गर्नुभयो । प्रधानमन्त्री ओलीको पक्षमा विश्वासको मत हाल्न उहाँले आग्रह गर्नुभयो ।
नेपाली कांग्रेसका नेता विजयकुमार गच्छदारले सरकारको गुण र दोसको आधारमा समर्थन र विरोध गर्ने बताउनुभयो । संसदीय व्यवस्थामा सत्तापक्ष र प्रतिपक्ष आवश्यक भएको भन्दै उहाँले कांग्रेसले जिम्मेवार प्रतिपक्षीको भूमिका निर्वाह गर्ने प्रष्ट पार्नुभयो । “प्रधानमन्त्रीज्यूले विश्वासको मत माग्नु सकारात्मक छ, तर हामी मत दिन सक्दैनौं” गच्छदारले भन्नुभयो ।
माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले मुलुक बनाउने ऐतिहासिक जिम्मेवारी आएकाले सरकारलाई एक्सन गरेर परिणाम दिन आग्रह गर्नुभयो । देशमा विद्यमान अराजकता, बेतिथी, विकृतिको अन्त्यकालागि वाम गठबन्धनलाई जनताले मत दिएको बताउँदै उहाँले भन्नुभयो, “अब भाषण होइन, एक्सन गरेर देखाउँ ।” ०६२÷०६३ पछि मुलुकमा १० वट प्रधानमन्त्री मुलुकले पाएको र त्यसमध्ये ८ वटा प्रधानमन्त्री बनाउनेमा आफ्नो भूमिका रहेको अध्यक्ष प्रचण्डले बताउनुभयो ।
नेता विजयकुमार गच्छदारले सरकारको गुण र दोसको आधारमा समर्थन र विरोध गर्ने बताउनुभयो । संसदीय व्यवस्थामा सत्तापक्ष र प्रतिपक्ष आवश्यक भएको भन्दै उहाँले कांग्रेसले जिम्मेवार प्रतिपक्षीको भूमिका निर्वाह गर्ने प्रष्ट पार्नुभयो ।
राष्ट्रिय जनता पार्टी नेपाल (राजपा) का अध्यक्ष मण्डलका सदस्य महेन्द्र राय यादवले वर्गीय, क्षेत्रीय, जातीय समस्या विद्यमान रहेको र त्यसको अन्त्यकालागि प्रधानमन्त्रीको प्रतिवद्धता आवश्यक रहेको बताउनुभयो । यसअघि धेरै लिखित प्रतिवद्धता गरेपनि कार्यान्वयन नभएकाले अवको प्रतिवद्धता कार्यान्वयन हुनेगरी गर्न उहाँले आग्रह गर्नुभयो । “हाउसबाट प्रतिवद्धता जनाउनुस, हामी विश्वासको मत दिन्छौं” यादवले भन्नुभयो ।
संघीय समाजवादी फोरम नेपालकी सांसद सरिता गिरीले प्रधानमन्त्रीको मुलुक बनाउने प्रतिवद्धताका आधारमा पार्टीको तर्फबाट विश्वासको मत दिने बताउनुभयो । “हामीले विश्वासको मत दिन्छौं, त्यसको सम्मान तपाईले मधेसी जनतालाई कसरी गर्नुहुन्छ ?” उहाँले प्रधानमन्त्रीसँग जिज्ञासा गर्नुभयो । विश्वासको मतको सम्मान नभएमा फिर्ता लिने अधिकार सुनिश्चितै रहेको सांसद गिरीले बताउनुभयो ।
राप्रपाका सांसद कुमार लिङदेनले एकमतको खासै अर्थ नरहे पनि देशको विकास र समृद्धिकानिम्ति प्रधानमन्त्रीलाई विश्वासको मत दिन्छौं भन्नुभयो । “प्रम ओलीले भ्रष्टाचार नगर्ने र गर्न पनि नदिने प्रतिवद्धता जनाउनुभएको छ, यो नै सबैभन्दा मन पर्ने पक्ष हो” लिङदेनले भन्नुभयो ।
राष्ट्रिय जनमोर्चाकी सांसद दुर्गा पौडेलले विश्वासको मतमा प्रधानमन्त्री ओलीलाई समर्थन गर्ने घोषणा गर्नुभयो । कैलालीकी राधा चौधरीलाई बोक्सीको आरोपमा जघन्यरुपमा कुटपिट गर्नेलाई कारवाही गर्न उहाँले प्रधानमन्त्रीसँग आग्रह गर्नुभयो ।
नेमकिपाका सांसद प्रेम सुवालले प्रधानमन्त्रीको विश्वासको मतमा आफ्नो दल तटस्थ रहेको घोषणा गर्नुभयो । योग्यताअनुसार काम र श्रमिकको कामअनुसारको ज्यालाको व्यवस्था गर्न उहाँले सरकारको ध्यानाकर्षण गराउनुभयो ।
बैठकमा कांग्रेसका सांसदहरु गगनकुमार थापा र पुष्पा भुषालले समेत धारणा राख्नुभएको थियो । सरकारले गरेको प्रतिवद्धताअनुरुप काम गर्न उहाँहरुले खवरदारी गर्नुभएको थियो । दुई तिहाई बहुमत प्राप्त प्रधानमन्त्री ओलीप्रति हामी खुशी छौं तर सन्तुष्ट छैनौं सांसद थापाले भन्नुभयो ।
घोषणापत्रअनुसार काम गर्नुहोस्, नो इफ, नो बट केही सुन्दैनौं थापाले धारणा राख्नुभयो । संसदमा खवरदारी गर्ने शक्ति चाहिने हुनाले कांग्रेस प्रतिपक्षीमा बस्छ उहाँले भन्नुभयो । बैठकमा कांग्रेसका अतहर कमाल मुसलमानले पनि बोल्नुभएको थियो ।
संसद बैठकमा सांसदहरुले गर्नुभएको टिप्पणीको जवाफ दिनुहुँदै प्रधानमन्त्री ओलीले आफूलाई विश्वासको मत दिने प्रतिवद्धता जनाउने दलका सांसदलाई धन्यवाद ज्ञापन गर्नुभयो । प्रतिपक्षीमा बस्दा कति गाह्रो हुँदेरहेछ भन्ने सांसदले बोलेको देखेर थाहा भयो उहाँले भन्नु भयो । लोकतन्त्र कुनै हालतमा मासिदैन, आशंका नगर्न उहाँले प्रतिपक्षी दललाई आग्रह गर्नुभयो ।
कैलालीको बोक्सी घटनामा संलग्न दोसीलाई कानूनअनुसार कारवाही गर्न प्रधानमन्त्री ओलीले प्रतिवद्धता जनाउनुभयो । आपराधिक घटना नियन्त्रण गर्न सरकारले कडा कदम चाल्ने बताउनुभयो । सामाजिक अपराधको घटनामा कसैलाई छुट नदिइने उहाँले प्रतिवद्धता जनाउनुभयो । संविधान असंशोधनीय दस्तावेज नभएकाले औचित्य र आवश्यकताकाआधारमा संशोधन गर्न सकिने प्रधानमन्त्री ओलीले बताउनुभयो ।
कैलालीको बोक्सी घटनामा संलग्न दोसीलाई कानूनअनुसार कारवाही गर्न प्रधानमन्त्री ओलीले प्रतिवद्धता जनाउनुभयो । आपराधिक घटना नियन्त्रण गर्न सरकारले कडा कदम चाल्ने बताउनुभयो ।
“म प्रधानमन्त्री एमाले र माओवादी केन्द्रको मात्र होइन, नेपालको प्रधानमन्त्री हुँ, देश र जनतामा केन्द्रीत भएर काम गर्छु” उहाँले विश्वास दिलाउनुभयो । लक्ष्यमा पुग्ने बाटो र योजना बनाएर अगाडि बढ्छौं उहाँले भन्नुभयो, “संसद बैठकमा बोलेको प्रतिवद्धता गरेको सबै कुराको जवाफदेहिता लिन्छुँ ।”
पाँच मिनेट विभाजन घण्टी
प्रधानमन्त्रीले राख्नुभएको विश्वासको मतलाई निर्णयार्थ प्रस्तुत गर्दा सभामुख महराला पाँच मिनेट मत विभाजनको घण्टी बनाउनुभएको थियो । बाहिर रहेका सांसदहरुलाई मतदानमा सहभागी गराउने उद्देश्यसाथ सो घण्टी बजाइएको थियो । सो पछि सभामुखको आग्रहअनुसार सांसदहरुले पक्ष र विपक्षमा मतदान गर्नुभएको थियो ।
मतदानपछि परिणाम सार्वजनिक गर्नुअघि सभामुख महराले सांसदहरुलाई मत सच्याउन तीन मिनेटको समयसीमा दिनुभएको थियो । तर कुनै सांसदले आफ्नो मत सच्याउनु भएन ।




