थप उपचारकालागि मेयर चौधरीलाई काठमाडौं ल्याइयो, अवस्था सुधारोन्मुख


काठमाडौं, फागुन ३० गते । कैलालीको घोडाघोडी नगरपालिकाका मेयर (प्रमुख) ममताप्रसाद चौधरीलाई थप उपचारका लागि मंगलबार काठमाडौं ल्याइएको छ । उहाँको उपचार टिचिङ अस्पतालमा भैरहेको छ ।

टाउकोमा खुकुरी प्रहार गरी घाइते बनाएका आक्रमणकारीले चौधरीको पेट र खुट्टामा दुई गोली हानेका थिए । मेयर चौधरीको उपचारमा संलग्न चिकित्सककाअनुसार बुधबारसम्म अवस्थामा थप सुधार आउने छ ।

प्रारम्भिक उपचार सुख्खडस्थित घोडाघोडी अस्पतालमा उपचार भएको मेयर चौधरीलाई उपचारका लागि नेपालगंज मेडिकल कलेजमा राखिएको थियो । अवस्थामा सुधार नआएपछि थप उपचारका लागि हेलीकप्टर मार्फत चौधरीलाई काठमाडौं ल्याइएको हो । उपचारमा संलग्न चिकित्सककाअनुसार मेयर चौधरीको अवस्थामा क्रमिक सुधार आइरहेको छ ।

टाउकोमा खुकुरी प्रहार गरी घाइते बनाएका आक्रमणकारीले चौधरीको पेट र खुट्टामा दुई गोली हानेका थिए । मेयर चौधरीको उपचारमा संलग्न चिकित्सककाअनुसार बुधबारसम्म अवस्थामा थप सुधार आउने छ । स्वास्थ्य अवस्थाबारे जानकारी लिन अस्पताल परिषरमा मंगलबार नेता तथा कार्यकर्ता, शुभचिन्तकहरुको ठूलो भीड लागेको थियो ।

मेयर चौधरीमाथि भएको आक्रमणको विरोधमा युवा संघ नेपालले मंगलबार सुख्खडको बजार बन्द गराएको थियो । तर कानूनी प्रक्रिया अघि बढेको भन्दै संघले बन्द फिर्ता लिएको छ । चौधरीमाथि गोली कसले चलाएको भन्ने खुलेको छैन । सोमबार प्रहरीले विप्लब माओवादीका तीनजना कार्यकर्तालाई पक्राउ गरी छानविन शुरु गरेपनि सो दलले घटनामा पार्टीको संलग्नताबारे केही बोलेको छैन ।

तपाईको प्रतिक्रिया