थारु कलाकार संघको पहिलो बैठक काठमाण्डौंमा, संयोजकमा बैद्य चयन


भगतराम थारु
नेपालगन्ज, चैत ४ गते । राष्ट्रिय थारु कलाकार संघको प्रथम बैठक काठमाण्डौंमा सम्पन्न भएको छ । संघको प्रथम बैठकबाट संयोजकमा विनय वैद्य सर्वसम्मत चयन हुनुभएको छ ।

प्रथम राष्ट्रिय थारु कलाकार संघको पहिलो बैठकले बैद्यको संयोजकत्वमा १७ केन्द्रिय सदस्यीय रहने गरी तदर्थ कमिटि गठन गरेको हो ।
संघको कार्यसमिती सदस्यहरुमा दिपक चौधरी (कैलाली), रोशन रत्गैया (दाङ), विरबहादुर चौधरी (कैलाली), अन्जु चौधरी (दाङ), शुशिला चौधरी (कैलाली), सुनिता दहित (बाँके), विवश चौधरी (बर्दिया), समिक्षा चौधरी (कैलाली) सर्वसम्मत चयन भएका हुन् ।

बैशाख अन्तिमतिर दाङमा राष्ट्रिय भेलाको आयोजना गरी हजारौ थारु कलाकारहरुको सहागिता गराउने र थारु कला संस्कृति झल्कनेखाले सांस्कृतिक कार्यक्रम गर्ने कार्यसमिति सदस्य विवश चौधरीले जानकारी गराउनुभयो ।

त्यस्तै सल्लाहकारमा नन्दुराज चौधरी र रामलाल चौधरी रहनु भएको छ । नवगठित कार्यसमितिले अव हरेक जिल्लामा कार्यसमिति विस्तार गरी थारु कला संरक्षणको जर्गेना गर्न पहल गर्ने कार्यसमितिले निर्णय गरेको छ ।

बैशाख अन्तिमतिर दाङमा राष्ट्रिय भेलाको आयोजना गरी हजारौ थारु कलाकारहरुको सहागिता गराउने र थारु कला संस्कृति झल्कनेखाले सांस्कृतिक कार्यक्रम गर्ने कार्यसमिति सदस्य विवश चौधरीले जानकारी गराउनुभयो ।

थारु चलचित्रकर्मी, संगितिक हस्ती, फेसन डिजाइनर, लेखक, साहित्यकार, विभिन्न कानुनी, राजनीतिक र समाजसेवी व्यक्तित्वहरुको समावेशिता र थारु कलाकारिताको मनोबल र स्थान उच्च बनाउनमा कार्यसमितिले पहल गर्ने जनाएको छ ।

संघले पुर्विया थारु समुदायदेखि लिएर पश्चिमसम्म थारुहरु सम्पुर्णलाई समेट्नेखालको कार्यक्रम निर्माणमा समेत पहल र दवाव दिने निर्णय गरेको छ । त्यस्तै कलाक्षेत्र भाषा, संस्कृति, संगित र समुदायको प्रचारप्रसार आफ्नै समुदायभित्रमात्र सीमित नराखी थारु समुदायसँग सम्बन्ध राख्ने र नराख्ने सबै समुदायमाझ गरिनुपर्ने संघले जनाएको छ ।

तपाईको प्रतिक्रिया