भारत भ्रमणको तयारीमा प्रधानमन्त्री ओली, चैत मसान्तभित्रै भ्रमण हुने


लक्की चौधरी
काठमाडौं, चैत ८ गते । प्रधानमन्त्री केपी शर्मा ओली प्रधानमन्त्रीमा दोस्रो पटक नियुक्त हुनुभएपछि पहिलो विदेश भ्रमण छिमेकीमुलुक भारतबाटै गर्ने तयारी गर्नुभएको छ । चैत मसान्तभित्र भारत भ्रमणको तयारी भइरहेको बताइए पनि मिति तय भइनसकेको प्रधानमन्त्रीको कार्यालयले जानकारी गराएको छ ।

भारतका प्रधानमन्त्री नरेन्द्र मोदीको विशेष आमन्त्रणमा प्रधानमन्त्री ओली भारत भ्रमणको तयारी गर्नुभएको प्रधानमन्त्रीको सचिवालयका एक सदस्यले जानकारी दिनुभयो । उहाँकाअनुसार भ्रमणको मिति तय भइसकेको छैन । “चैत मसान्तभित्र प्रधानमन्त्रीको भ्रमण हुने निश्चित हो, मिति तय गर्न बाँकी छ” ती सदस्यले भन्नुभयो ।

पहिलो पटक २०७२ असोज २४ मा प्रधानमन्त्रीको जिम्मेवारीमा आएका बेला प्रधानमन्त्री ओली २०७२ फागुन ७ देखि ११ गतेसम्म भारत भ्रमण गर्नुभएको थियो ।

भारतीय प्रधानमन्त्री मोदीले ओली प्रधानमन्त्री हुनुअघि नै भावी प्रधानमन्त्रीकोरुपमा टेलीफोन गरी बधाई ज्ञापन गर्नुभएको थियो । प्रधानमन्त्री मोदीले भारतीय विदेशमन्त्रीलाई नेपालमा आफ्नो विशेष दूतकोरुपमा पठाई वाम गठबन्धन दललाई बधाई र आगामी प्रधानमन्त्रीकोरुपमा भारत भ्रमणको निम्तो दिनुभएको थियो । स्वराज माघ १८ गते नेपालमा आएर उच्चस्तरीय भेटघाटपछि १९ गते स्वदेश फर्कनुभएको थियो ।

पहिलो पटक २०७२ असोज २४ मा प्रधानमन्त्रीको जिम्मेवारीमा आएका बेला प्रधानमन्त्री ओली २०७२ फागुन ७ देखि ११ गतेसम्म भारत भ्रमण गर्नुभएको थियो । नेपाल र भारतबीचको सम्बन्ध चिसिएकाबेला गर्नुभएको सो भ्रमणपछि दुई देशको तर्फबाट संयुक्त विज्ञप्तीसमेत जारी गरिएको थिएन । सम्बन्ध सुधारमा प्रगति भएको प्रधानमन्त्रीले बताउनु भएपनि त्यसमा आशंका कायमै रहेको संयुक्त विज्ञप्ती जारी नहुनुले पुष्टि गरेको थियो ।

फागुन ३ गते प्रधानमन्त्रीको दोस्रो पटक शपथ लिनुभएका एमाले अध्यक्ष अ‍ोलीले पहिलो भ्रमण भारतबाट गर्ने कि छिमेकी मुलुक चीनबाट शुरुगर्ने कुरा चर्चाको विषय बन्दैआएको थियो । प्रधानमन्त्री हुनुअघि नै अध्यक्ष ओली रसुवास्थित चिनको केरुङ नाकाको अवलोकनमा जानुभएपछि झन चर्चाको विषय बनेको थियो । त्यसबाट छिमेकी मुलुक भारत समेत झस्केको थियो ।

यसअघि परराष्ट्रमन्त्रीको जिम्मेवारीमा आउनुभएपछि पत्रकारसँगको एक साक्षात्कार कार्यक्रममा एमाले नेता प्रदीप ज्ञवालीले छिमेकी मुलुकका प्रमुखहरुको महत्वपूर्ण भ्रमण चैत मसान्तभित्र हुने बताउनुभएको थियो । उहाँको आशयमा चीनका राष्ट्रपति सि जिनपिङ, भारतीय प्रधानमन्त्री मोदी या नेपालका राष्ट्रपति वा प्रधानमन्त्रीको भ्रमण हुनसक्ने चर्चा गर्नुभएको थियो ।

यता परराष्ट्र मन्त्रालयका सहसचिव तथा प्रवक्ता भरतराज पौडेलले प्रधानमन्त्रीको भारत भ्रमणको औपचारिक जानकारी मन्त्रालयमा नआएको दावी गर्नुभयो । “मिडियामा समाचार आएपछि मैले पनि जानकारी पाएको हुँ, भ्रमणको औपचारिक जानकारी प्राप्त भएको छैन”

प्रधानमन्त्री कार्यालयबाट प्राप्त सूचनाअनुसार प्रधानमन्त्री ओलीको पहिलो विदेश भ्रमण भारत हुने निश्चित भएको छ । प्रधानमन्त्रीका सूचना प्रेषक रामशरण बजगाईकाअनुसार प्रधानमन्त्री ओली भारत जाने कुरा निश्चित हो, तर मिति तय भइसकेको छैन । उहाँकाअनुसार भ्रमणको तयारीसमेत प्रधानमन्त्री कार्यालयले शुरु गरिसकेको छ ।

यसअघि प्रधानमन्त्रीमा ओली नियुक्त हुनुभएपछि पहिलो पटक पाकिस्तानका प्रधानमन्त्री साहिद खाकन अब्बासी बधाई दिन नेपाल आउनुभएको थियो । फागुन २० गते आएर २१ गते स्वदेश फर्कनुभएका अब्बासीले दुई देशबीचको सम्बन्ध सुधारका विषयमा उच्चस्तरीय भेटघाट गर्नुभएको थियो ।

यता परराष्ट्र मन्त्रालयका सहसचिव तथा प्रवक्ता भरतराज पौडेलले प्रधानमन्त्रीको भारत भ्रमणको औपचारिक जानकारी मन्त्रालयमा नआएको दावी गर्नुभयो । “मिडियामा समाचार आएपछि मैले पनि जानकारी पाएको हुँ, भ्रमणको औपचारिक जानकारी प्राप्त भएको छैन” पौडेलले भन्नुभयो ।

एमाले स्थायी कमिटीका एक सदस्यले नाम उल्लेख नगर्ने शर्तमा प्रधानमन्त्री ओली भारत भ्रमणमा जानेकुरा साँचो रहेको बताउनुभयो । “प्रधानमन्त्री कार्यालयले भारत भ्रमणको तयारी शुरुगरेको जानकारी पार्टीलाई पनि आएको छ, तर प्रधानमन्त्री आफैले औपचारिक जानकारी गराउनुभएको छैन” ती सदस्यले भन्नुभयो ।

तपाईको प्रतिक्रिया