ईयू प्रतिवेदन बुझेको भन्दै सभामुखको आलोचना, महराको यस्तो प्रष्टिकरण


काठमाडौं, चैत १४ गते । सभामुख कृष्णबहादुर महराले युरोपियन युनियन निर्वाचन पर्यवेक्षण मिसनले प्रतिनिधि सभा तथा प्रदेश सभा निर्वाचनकाबारेमा तयार पारेको प्रतिवेदनलाई लिएर आफ्नो नामसमेत जोडेर भइरहेको वहसप्रति गम्भीर ध्यानाकर्षण भएको बताएका   छन् ।

सभामुख महराका सञ्चारविज्ञ डिल्ली मल्लद्वारा प्रेसित नोटअनुसार महराले पनि सो प्रतिवेदनमाथि भेटकाक्रममा प्रश्न उठाएका थिए । ईयूका प्रतिनिधिले सभामुख महरालाई चैत ५ गते भेटेर प्रतिवेदनबारे जानकारी गराएको थियो । अध्ययनकालागि सभामुख महरालाई ईयूले एकप्रति सो प्रतिवेदन उपलब्ध गराएको थियो ।

“संघीय संसद प्रतिनिधि सभाका सभामुख कृष्णबहादुर महराले बुझेको भनेर सामाजिक सञ्जालहरुमा भइरहेको बहस र विवादका सम्बन्धमा मेरो गम्भीर ध्यानाकर्षण भएको छ” जारी प्रेसनोटमा उल्लेख छ । इयू निर्वाचन पर्यवेक्षण मिसन टोलीले परराष्ट्र मन्त्रालयमार्फत् सभामुखसँग भेटवार्ताकालागि गरेको अनुरोधअनुसार चैत्र ५ गते (मार्च २०) मा सभामुखले संसद सचिवालय सिंहदरबारमा शिष्टाचार भेटवार्ता गरेका थिए ।

“संघीय संसद प्रतिनिधि सभाका सभामुख कृष्णबहादुर महराले बुझेको भनेर सामाजिक सञ्जालहरुमा भइरहेको बहस र विवादका सम्बन्धमा मेरो गम्भीर ध्यानाकर्षण भएको छ” जारी प्रेसनोटमा उल्लेख छ ।

ईयू प्रतिनिधि टोलीले चैत ६ गते (मार्च २१) मा प्रतिवेदन सार्वजनिक गर्दैगरेको भनेर सभामुख महरालाई सोबारेमा भेटेको थियो । “अध्ययनका लागि सभामुखलाई एकप्रति प्रतिवेदन प्रदान गर्छौं’ भनेपछि उहाँले उक्त प्रतिवेदन बुझ्नुभएको हो” मल्लद्वारा जारी प्रेस नोटमा उल्लेख छ ।

सभामुख महराले प्रतिवेदनमा के छ ? जिज्ञासा राख्दा इयू मिसन टोलीले ‘२९ बुँदे सुझावसहित समग्र रिपोर्ट पेश गरेका छौं’ जवाफ दिएको थियो । छलफलकाक्रममा हाल उठिरहेको प्रतिवेदनसम्बन्धी विवादको विषयमा सभामुखले आफ्नो मतसहित मिसन टोलीलाई प्रश्न उठाएको बताएको छ ।

“सामाजिक सञ्जालमा सरकारले अस्विकार गरेको प्रतिवेदन सभामुखले किन बुझेको ? बहस भइरहेको छ, त्यो सरासर गलत छ”, प्रेसनोटमा उल्लेख छ । सभामुखले उक्त प्रतिवेदन सरकारको धारणा आउनुअघि नै बुझेको सभामुख सचिवालयको प्रष्टिकरण छ ।

“सरकारले अस्विकार गरिसकेपछि सभामुखले प्रतिवेदन बुझेको कुरा सरासर गलत हो, प्रतिवेदनबारे नेपाल सरकारको धारणासँग सभामुखको धारणा बाझिएको छैन” प्रेसनोटमा भनिएको छ ।

तपाईको प्रतिक्रिया