थारु मुद्दामा छलफल गर्न देशभरका कानून व्यावसायी अमलटारीमा जुट्दै


सुनिल चौधरी
झुम्का,बैशाख १४ गते । थारु समुदायलाई कानुन ब्यवसायी पेसामा प्रोत्साहन गर्दै पहिचानको मुद्दा शसक्त ढंगले उठान गर्न थारु कानुन ब्यवसायीहरुको नवलपरासीको डण्डास्थित बाघखोर आमलटारी थारु होमस्टेमा भेला हुन गइरहेको छ । बैशाख १७ र १८ गते दुईदिने राष्ट्रिय भेलाको आयोजना हुन गइरहेको छ ।

थारु कल्याणकारिणीसभा अन्तर्गत रहेको कानुन ब्यवसायीहरुको छाता संगठन थारु कानुन ब्यसायी सभा केन्द्रको आयोजनामा सो दुई दिने भेला हुन गइरहेको आयोजकले बताएको छ ।

थारु समुदाय नेपालको तराई भुभागमा बस्ने सबभन्दा पुरानो जाति समुदाय भएपनि अधिकार ओझेलमा पारिएकाले सोबारेमा गम्भीर छलफल हुने केन्द्रिय अध्यक्ष रामराज चौधरीले बताए ।

संबिधानमा भएको ब्यवस्था थारु कानुन ब्यसायी मार्फत सर्वसाधारणलाई जानकारी गराउन, झुठामुद्दा लगाई कैदमा राखिएका राजबन्दिको रिहाइको बिषयमा समेत छलफल हुने अध्यक्ष चौधरीले बताए ।

थारु कानुन ब्यसायीहरु संगठित हुदै कानुनी पेशामा थारुहरुलाई अग्रसरता गराउने, कानुनी साक्षरताको कार्यक्रम सञ्चालनमा सहयोग गर्न, संबिधानमा भएको ब्यवस्था थारु कानुन ब्यसायी मार्फत सर्वसाधारणलाई जानकारी गराउन, झुठामुद्दा लगाई कैदमा राखिएका राजबन्दिको रिहाइको बिषयमा समेत छलफल हुने अध्यक्ष चौधरीले बताए ।

त्यस्तै, भाषा, संस्कृति, अधिकार, पहिचानको संरक्षण सम्बद्र्धन गर्न बन्नेक्रममा रहेको थारु आयोगलाई अधिकार सम्पन्न बनाउन त्यसको काम कर्तब्य, अधिकार तोक्ने बिषयमा छलफल हुने अध्यक्ष चौधरीले बताए ।

राष्ट्रिय भेलामा देशभरीबाट दुई सयजना थारु कानुन ब्यवसायीहरुको उपस्थिती रहने आयोजकले अनुमान गरेको छ । कार्यक्रममा बरिष्ठ अधिवक्ता तथा जेष्ठ अधिवक्तालई सम्मान गरिने कार्यक्रम रहेको आयोजकले बताएको छ ।

तपाईको प्रतिक्रिया