
भगतराम थारु
नेपालगन्ज, बैशाख १६ गते । बर्दियाको बढैया तालमा मोडल नरेश चौधरीले मोडेल अन्जुसँग चुम्मा मागेपछि बढैया तालमै हंगामा मच्चिएको छ । मोडेल अन्जुसँग मोडल नरेशले बारम्बार चुम्मा मागेका थिए ।
बर्दियाको बढैया तालमा अन्जु कुस्मीको मिनिस्कट देखेर मोडल नरेश चौधरी दिवाना भएका थिए । बढैया तालको छेउकिनारबाट नरेशको आँखा अन्जुको मिनिस्कटमा पुगेपछि नरेश दिवाना भएका हुन् । अन्जुको मिनिस्कट पहिरन देखेपछि नरेशको कलकलाउँदो जवानीले अन्जुमाथि नजर जुझेको थियो ।
कलकलाउँदो जवानी नरेशको मिनिस्कटमै परेपछि मोडेल अन्जुलाई सिधै मिनिस्कट वाली छैली पलटके हेरो दैदेउ एक चुम्मा समेत भन्न भ्याएका थिए । मोडल नरेशले अन्जुसँग चुम्मा मागेपछि अन्जुले पुलिस केश समेत गर्ने भनेपछि नरेशको जवानीले झनै चाहे पुलिस केश गर चाहे बुवा आमालाई भने पनि मलाई चुम्मा चहियो भन्न समेत भ्याएका थिए ।
मोडल नरेशले अन्जुसँग चुम्मा मागेपछि अन्जुले पुलिस केश समेत गर्ने भनेपछि नरेशको जवानीले झनै चाहे पुलिस केश गर चाहे बुवा आमालाई भने पनि मलाई चुम्मा चहियो भन्न समेत भ्याएका थिए ।
अन्जुको पहिरन देखेपछि दिवाना भएका नरेशको जोसिलो जवानीले थाम्नै सकेका थिएनन् नरेशले । यस्तै यस्तै दृष्य देखिएको थियो मिनिस्कट वालीछैली बोलको गीतको म्युजिक भिडियोको सुटिङ बढैया तालमा । सुटिङ स्पटमा देखिएको दृष्यले नै दर्शकले मजा लिइरहेका थिए । बढैया तालमा भरिभराउ दर्शकका वीचमा भएको मिनिस्कट वाली छैली पलटके हेरो बोलको म्युजिक भिडियोको मुख्य भुमिकामा कलाकार नरेश चौधरी र अन्जु कुश्मी रहेका छन् ।
गीतको डाइरेक्सन प्रदिप चौधरीले गर्नुभएको छ । यस्तै गीतको छायाङकन रामु चौधरीले गर्नुभएको छ भने मेकअप अमृता चौधरीले गरेर साथ दिनुभएको छ । अहिलेसम्मकै थारु म्युजिक भिडियोमा १७ जना थारु युवा कलाकार सइड डान्समा उतारिएको छ भने युवती साइड डान्समा ७ जना उतारिएको आरकेसी ग्रुप कोहलपुर पिपरिले जानकारी गराएको छ । गीतमा स्वर विश्व सागर परियार र सुमन चौधरीले दिएका छन् ।




