नेपालगन्जको एक होटलमा झुम्कावाली रविनाले राजकुमारको दिल चोरेपछि..


भगतराम थारु
नेपालगन्ज, जेठ ५ गते । नेपालगन्जको प्रचण्ड गर्मी बाहिर सुनसान थियो । गर्मीकाकारण नेपालगन्ज बजारमा घुमघाम गर्न सर्वसाधारण कमै निस्केका थिए । ४० डिग्रीको गर्मीमा नेपालगन्जको अरु ठाउँमा सुनसान भएपनि नेपालगन्जको मुटु एकलैनी बजारमा भने ठुलै भिड थियो ।

भिडभाडले सर्वसाधारणको चहलपहले हल्ला उत्तिकै थियो । नेपालगन्जको एकलैनी बजार जहाँ हरेक दिन हरेक सर्वसाधारणको रोजाई पनि उत्तिकै हुन्छ । सवैजना आआफ्नै सुरमा सामान किनमेल गर्दै थिए ।

नेपालगन्ज बजार भन्ने वित्तिकै एकलैनीमै सवैथोक पाइने सवैको मनमष्टिस्कमा बसिसकेको छ । एकलैनी बजारमा कस्मेटिक सामानहरु धेरै पाइने गरिन्छ । एक हुल युवतिहरुले एकलैनीकै एक पसलमा प्रवेश गरे । सवैले क्रिम पाउडर हेर्न थाले सवै चकित भए । त्यही ग्रुपमा एकजना युवतिले लगाएको झुम्काको किरण मोडल राजकुमार चौधरीको आँखामा परेपछि मोडल राजकुमारले झुम्काले बयान गर्न थालेका थिए ।

झुम्कामा नजर पुगेपछि राजकुमारले ती युवतिको पिछा छोडन मानेनन् अनि भन्न थाले झुम झुम झुम झुम्कावाली बठनिया रे दिल मोरे लैगैलो उजराके भनेपछि युवतिले मुख बङगाईन र नजरमा नजर जुझाए । यी सव थियो थारु गीत झुम्कावाली बठनियाको म्युजिक भिडियोका सुटिङको क्रममा देखिएको दृश्य ।

नेपालगन्जको एकलैनीमा भैरहेको सुटिङमा यस्तै दृष्य देखिएको थियो । गायक विश्वसागर परियारको स्वरमा रहेको झुम्कावाली बठनिया रे बोलको गीतमा मोडल राजकुमार थारु र मोडेल रविना (रब्बु) चौधरीले मुख्य भुमिकामा छन ।

सुरज चौधरीको डाइरेक्सनमा रहेको झुम्कावाली बठनियाको बोलको गीतमा, छायाङकन रामु चौधरीले गर्नुभएको छ भने मेकअपमा अंकित ठाकुर र गीत थारु रहनुभएको छ । एकलैनीमा सुटिङ भैरहँदा दर्शकको घुइचो नै लागेको थियो ।

गीतको छायाङकन नेपालगन्जको एकलैनी, सिएसटी होटल र कोहलपुरमा हुने कलाकार राजकुमारले जानकारी गराउनुभयो । मोडल राजकुमारको तेश्रो गीत झुम्कावाली रहेको छ । यसभन्दा पहिले राजकुमारले कहाँ जाइतो गोरी लचकाईके कमरिया चढल जवानी तु तिर्छि नजरिया र आगे आगे मोटरबाईक बोलको गितमा मोडलिङग गरिरकेका छन् ।

माथेमा टिकुली, कानेमा झुम्का, पाउमे पाउजु, आँखेमे कजरा, बठनिया हो तु न देखाउ नखरा बोलको गीतले दर्शकको मन जित्न सफल हुने गायक विश्वसागर परियारले बताउनुभयो । झुम्कावाली गीतले सिएसटी होटलको ड्रोन क्यामराले छायाङकन लिएको प्रति संचालकद्वय टोपबहादुर थापा र सन्तोष खड्का खुशी भएको सुटिङ युनिटका कलाकार मनोज चौधरीले बताउनुभयो ।

तपाईको प्रतिक्रिया