
काठमाडौं, जेठ ७ गते । थारु विद्यार्थी समाज केन्द्रीय कमिटीले जेठ २० देखि जिल्लागतरुपमा समसामयिक राजनीति तथा थारु अधिकार विषयक प्रशिक्षण कार्यक्रम शुरुगर्ने बताएको छ ।
उपत्यकासहित २२ जिल्लामा संगठन विस्तार गरेको समाजले थारु विद्यार्थीको जनचेतना र थारु अधिकारका विषयमा सचेतीकरण गर्न प्रशिक्षण कार्यक्रम गर्ने तयारी गरिएको समाजका केन्द्रीय अध्यक्ष चन्द्रप्रसाद चौधरीले जानकारी दिए ।
गत शनिबार र आइतबार काठमाडौंको बागबजारमा बसेको समाजको तेस्रो केन्द्रीय समिति बैठकले सो निर्णय गर्दै प्रदेशगतरुपमा जिम्मेवारी हेर्नेगरी इन्चार्जसमेत तोकेको छ । अध्यक्ष चौधरीकाअनुसार प्रदेश ७ मा उपाध्यक्ष ठाकुर करिया प्रधानलाई इन्चार्ज तोकेको छ ।
गत शनिबार र आइतबार काठमाडौंको बागबजारमा बसेको समाजको तेस्रो केन्द्रीय समिति बैठकले सो निर्णय गर्दै प्रदेशगतरुपमा जिम्मेवारी हेर्नेगरी इन्चार्जसमेत तोकेको छ ।
त्यस्तै, प्रदेश ६ मा केन्द्रीय सदस्य कञ्चन चौधरीलाई, प्रदेश ५ मा कोषाध्यक्ष सीताराम चौधरीलाई, प्रदेश ४ मा उपाध्यक्ष ओमनारायण महतोलाई, प्रदेश ३ मा अध्यक्ष चन्द्रप्रसाद चौधरीलाई, प्रदेश २ मा महासचिव विकास चौधरी र प्रदेश १ मा सचिव अजय चौधरीलाई इन्चार्ज तोकिएको समाजले बताएको छ ।
बैठकले टीकापुर घटनामा झुठा आरोपमा पक्राउ परेकालाई तत्काल रिहाई गर्न सरकारसँग माग गरेको छ । कैलाली क्षेत्र १ बाट प्रतिनिसभा सदस्यका लागि निर्वाचित रेशमलाल चौधरीलाई निर्वाचित प्रमाणपत्र उपलब्ध गराइनुपर्ने, शपथ ग्रहण गराएर संसद बैठकमा उपस्थिति गराउन समाजको बैठकले माग गरेको छ ।




