
काठमाडौं, जेठ १४ गते । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) र संघीय समाजवादी फोरम नेपाल बीच दुई बुंदे सहमति भएपछि फोरम नेपाल सरकारमा सहभागी हुने भएको छ ।
प्रधानमन्त्री निवास बालुवाटारमा सोमबार प्रधानमन्त्री एवं नेकपाका अध्यक्ष केपी शर्मा ओली, नेकपाका अर्का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र फोरम नेपालका अध्यक्ष उपेन्द्र यादब बीच करिब दुई घण्टा वार्ता भएपछि सहमती भएको हो ।
सहमतिअनुसार संघीय समावादी फोरम, नेपालले आन्दोलनकाक्रममा उठाएका माग र मुद्दाहरुका सम्बन्धमा संविधान संशोधनसँग सम्बन्धित बिषयहरु देश जनताको पक्षमा आपसी सहमतीका आधारमा संविधान संशोधन गरी सम्बोधन गरिने भनिएको छ ।

सरकारद्वारा गर्न सकिने कामहरु सरकारको नीति र कार्यक्रममा समावेश गरिनेछ । यसैगरी सहमतीको अर्को बुंदामा भनिएको छ, उपरोक्त सहमतिका आधारमा संघीय समाजवादी फोरम, नेपाल सरकारमा सामेल हुनेछ ।
हेर्नुहोस् सहमतिको बुँदा





