काठमाडौं, जेठ १५ गते । नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष केपी शर्मा ओली नेतृत्वको सरकारले आर्थिक वर्ष २०७५ को १३ खर्वको वार्षिक बजेट मंगलबार सार्वजनिक गरेको छ । अर्थमन्त्री डा. युवराज खतिवडाले संघीय संसद बैठकमा बजेट सार्वजनिक गरेका हुन् ।
सरकारले पेन्सनको भार थेग्न नसक्ने भएपछि आगामी आर्थिक वर्षबाट योगदानमा आधारित निवृत्तिभरण योजना लागू गर्ने भएको छ । अब २०७५ साउन १ गतेदेखि नियुक्त हुने सरकारी कर्मचारीहरुले पेन्सन पाउने छैनन् । उनीहरुले योगदानमा आधारित निवृत्तिभरणमा चित्त बुझाउनुपर्ने छ ।
बजेटको पूर्ण पाठ हेर्न तलको रातो लाइनमा क्लिक गर्नुहोस् ।




