थारु म्यूजिक भिडियो माँ कसम मै तुहिन मन परैथुको सुटिङ दाङमा


नेपालगन्ज, जेठ २२ गते । हिजोआज थारु म्युजिक भिडियोको संख्या बढ्दै गएको छ । थारु समुदायमा म्युजिक भिडियोको क्रेज बढदै गएपछि थारु म्युजिक भिडियोको सुटिङ पनि बढ्दै सार्वजकि भैरहेको छ ।

यस्तै थारु गीत माँ कसम मै तुहिन मन परैथुको बोलको गीतको सुटिङ दाङमा शुरुभएको छ । थारु म्युजिक भिडियो माँ कसम मै तुहिहे मन परैथु बोलको गीतमा कलाकार विबश चौधरी र सुनिता दहित, विशाल चौधरीले अभिनय गरिरहेका छन् ।

मार्मिक र कमेडी समेत रहेको थारु गीत माँ कसम मै तुहिन मन परैथुको म्युजिक भिडियो दर्शकहरुले रुचाउने आशा रहेको कलाकार विवशले बताउनुभयो । म्युजिक भिडियोको छायाङकन आरकेसी मिडिया पिपरी कोहलपुरका प्रोप्राईटर रामु चौधरीले गर्नुभएको छ भने गीतमा राजेन्द्र बिस्टले स्वर दिनुभएको छ ।

तपाईको प्रतिक्रिया