
काठमाडौं, जेठ ३० गते । नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) को दोस्रो संघीय परिषद् बैठकले विभिन्न विभाग गठन गरी प्रादेशिक संरचना निर्माण गर्ने निर्णय पनि गरेको छ ।
फोनिजको केन्द्रीय कार्यालयमा मंगलबार र बुधबार आयोजित केन्द्रीय बैठकले सो निर्णय गरेको हो । दोस्रो संघीय समिति बैठकले सातवटै प्रदेशमा प्रदेश तदर्थ समिति गठन गर्ने निर्णय गरेको हो ।
फोनिजले असार २३ गते प्रदेश १, असार २४ गते प्रदेश २, साउन ५ गते प्रदेश ३, असार २९ गते प्रदेश ४, असार २५ गते प्रदेश ५, असार २६ गते कर्णाली प्रदेश र असार २७ गते प्रदेश ७ मा प्रदेश तदर्थ समिति गठन गर्ने निर्णय गरेको फोनिजका उपाध्यक्ष लक्की चौधरीले बताउनुभयो ।
पहिलो चरणमा गठन गरिने प्रदेश तदर्थ समिति फोनिजका प्रदेश इन्चार्जहरुको संयोजकत्वमा जिल्ला कमिटीका अध्यक्षहरु सदस्य रहने छन् । तदर्थ समितिले फोनिजको प्रदेश महाधिवेशन सम्पन्न गर्ने चौधरीले बताउनुभयो । कात्तिक महिनासम्म प्रदेश महाधिवेशन गरिने उहाँले बताउनुभयो ।
त्यस्तै बैठकले फोनिजका अग्रजहरु सम्मिलित १५ सदस्यीय सल्लाहकार समिति गठन गरको छ । सल्लाहकारहरुमा खिम घले, उजिर मगर, चन्द्रसिंह कुलुङ, सञ्जय सन्तोषी राई, पुष्करभक्त माथेमा, अनिता गुरुङ, गणेश राई, भैरव आङ्ला, आङदावा शेर्पा, कृष्णराज सर्वहारी, रमिता लामा, श्रीकृष्ण महर्जन, राजबहादुर गुरुङ, खेम बुढामगर र गणेश चौधरी चयन हुनुभएको छ ।
त्यस्तै, फोनिजले अनुशासन विभाग पनि गठन गरेको छ । अनुशासन विभागमा संयोजकमा कुमार नेगी र सदस्यहरुमा माला लिम्बू र लाला गुरुङ चयन हुनुभएको छ । सम्पन्न बैठकले विभिन्न ८ वटा विभाग समेत गठन गरेको छ ।
विभागीय जिम्मेवारीअनुसार प्रशिक्षण विभाग प्रमुखमा डण्ड गुरुङ, सदस्यहरुमा गजुरधन राई, लक्की चौधरी, देवीका घर्तीमगर, मनोज घर्तीमगर, जगत दोङ र अमरध्वज लामालाई जिम्मेवारी दिएको छ ।
त्यस्तै विदेश विभागको प्रमुखमा गजुरधन राई, सदस्यहरुमा मिलन लिम्बू, केदार मगर र सञ्चु ब्लोनलाई जिम्मेवारी दिएको छ । संगठन विभाग प्रमुखमा मनोज घर्तीमगर, उप प्रमुखमा मिलन लिम्बू, सदस्यहरुमा दिपिन राई, निरज पिठाकोटे, समीर बलामी, हुमबहादुर गुरुङ, देव पचभैया, अशोक राजी, रामचन्द्र कुश्मी र उषा तामाङ रहेका छन् ।
बैठकले प्रकाशन विभाग प्रमुखमा लक्की चौधरी, सदस्यहरुमा देविका घर्तीमगर, जगत दोङ, कमन देवान, विश्वराज तामाङ, दिपेन्द्र राई र बुद्धवीर बाहिङ राईलाई जिम्मेवारी तोकेको छ ।
त्यस्तै, महिला विभाग प्रमुखमा देविका घर्तीमगर, सदस्यहरुमा अञ्जना शिल्पकार, सञ्चु ब्लोन, सरिता श्रेष्ठ, लक्ष्मी चौधरी, उषा तामाङ, अनिता गुरुङ, फुर्कीमा शेर्पा, मिलाकुमारी दरै र रुबी श्रेष्ठलाई जिम्मेवारी ताकेको छ ।

सोहीअनुसार आर्थिक विभाग प्रमुखमा अमरध्वज लामा, सदस्यहरुमा अञ्जना शिल्पकार, राजु चौधरी, विजयवोध लावती र फुर्कीमा शेर्पालाई जिम्मेवारी तोकेको छ भने संस्थागत समन्वय विभाग प्रमुखमा जगत दोङ, सदस्यहरुमा दिपेन्द्र राई, मनोज घर्तीमगर, चन्द्र पन्दाक लिम्बू, अनिता गुरुङ, नृपेन्द्रलाल श्रेष्ठ, विष्णुकुमार तामाङ, फुर्कीमा शेर्पा र सीताराम चौधरीलाई जिम्मेवारी तोकेको छ ।
त्यस्तै, बैठकले अल्पसंख्यक समन्वय विभाग प्रमुखमा कमन देवान, सदस्यहरुमा ख्याम भुजेल, मिलाकुमारी दरै, यमन दनुवार र विनय चौधरीलाई जिम्मेवारी तोकेको छ । भवन निर्माण अध्ययनकालागि मिलन लिम्बूको संयोजकत्वमा जगत दोङ र अञ्जना शिल्पकार सदस्य रहेको समितिलाई जिम्मेवारी तोकेको छ । समितिले तीन महिनाभित्र भवन निर्माणकालागि अध्ययन प्रतिवदेन बुझाउने छ ।




