चीन भ्रमणबारे प्रधानमन्त्री ओलीले गराए पूर्वप्रधानमन्त्रीहरुलाई जानकारी


काठमाडौँ, असार ४ गते । प्रधानमन्त्री के.पी. शर्मा ओलीले मंगलबारट हुन लागेको आफ्नो आसन्न चीन भ्रमण सबै दृष्टिले उपलब्धीमूलक बनाउने तयारी भएको बताउनु भएको छ ।

चीन भ्रमणको तयारीकासम्बन्धमा सिंहदरबारमा पूर्वप्रधानमन्त्रीहरुलाई अवगत गराउदैँ उहाँले भन्नुभयो, “तपाईहरु सबैको भावनालाई समेटेर म चीन जाँदैछु, मूख्यतः राष्ट्रिय हितलाई ध्यानमा राख्ने छु ।”

पूर्वप्रधानमन्त्रीहसँगको भेटअघि प्रधानमन्त्री ओलीले परराष्ट्र मन्त्री प्रदिपकुमार ज्ञवालीसँग भ्रमण सम्बन्धमा छलफल गर्नुभएको थियो । परराष्ट्रमन्त्री ज्ञावलीसँगको भेटमा उहाँले भ्रमणपछि नेपाल–चीन सम्बन्ध नयाँ उचाईमा प्रवेश गर्ने र चीन–भारतबीच बढ्दो समझदारीले नेपालले थप अवसर प्राप्त गर्ने विश्वास व्यक्त गर्नुभयो ।

प्रधानमन्त्रीको आसन्न भ्रमणलाई चीनिया पक्षले दुई पक्षीय सम्बन्धमा सबैभन्दा महत्वपूर्ण पहलकदमीका रुपमा अंगिकार गरेको पनि उहाँले जानकारी गराउनुभयो । भ्रमणका अवसरमा नेपाल–चीन सीमाक्षेत्रमा थप पाचँनाका खोल्ने समझदारी हुनलागेको प्रधानमन्त्री ओलीले जानकारी दिनुभयो ।

भ्रमणका क्रममा समझदारीपत्रमा हस्ताक्षर र ‘लेटर अफ एक्सचेन्ज’ आदानप्रदान हुने जानकारी दिँदै दुवै देशको राजनीतिक स्थिरताले विकास र समृद्धिको नयाँमार्ग प्रशस्त हुने अपेक्षा गरिएको उहाँले बताउनु भयो ।

भ्रमणका अवसरमा नेपाल–चीन सीमाक्षेत्रमा थप पाचँनाका खोल्ने समझदारी हुनलागेको प्रधानमन्त्री ओलीले जानकारी दिनु   भयो ।

परराष्ट्रमन्त्री ज्ञावलीले भ्रमणले विगतका सम्झदारी र सम्झौताको कार्यान्वयनको बाटो खुल्ने विश्वास व्यक्त गर्नुभयो । “भ्रमणका क्रममा सहयोगका नयाँक्षेत्र पनि पहिल्याइने छ । दुई देशबीच कनेक्टेभिटीका क्षेत्रमा महत्वपूर्ण सम्झदारी हुनेछ’ परराष्टक मन्त्री ज्ञवालीले भन्नुभयो । साथै केरुङ–काठमाडौ, काठमाडौँ–पोखरा रेल परियोजनाका सम्बन्धमा विस्तृत परियोजना प्रतिवेदन बनाएर अघि बढ्ने समझदारी हुने जानकारी गराउनुभयो ।

पुर्वप्रधानमन्त्रीहरुसँगको छलफलमा नेपाली काँग्रेसका सभापति एवम् पुर्वप्रधानमन्त्री शेरबहादुर देउवाले चीन भ्रमणमा नेपालको तयारी राम्रो रहेको बताउँदै भ्रमणले नेपालको हितहुने विश्वास व्यक्त गर्नुभयो । उहाँले प्रधानमन्त्री ओलीलाई भ्रमण सफलताको शुभकामना दिनु भयो ।

नेकपाका अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपाल–चीन–भारतबीच त्रिदेशीय सम्बन्ध अगाडि बढ्नु सकारात्मक भएको बताउनुभयो । त्यस्तै पूर्वप्रधानमन्त्री झलनाथ खनालले रेल परियोजनाप्रति सबैको आशा रहेको बताउनुभयो । पूर्व प्रधानमन्त्री डा. बाबुराम भट्टराईले प्रधानमन्त्री ओलीलाई लिखित सुझाव प्रस्तुत गर्नुभएको थियो ।

पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले नेपाल–चीनको बहुआयामिक सम्बन्धलाई महत्वकासाथ अघि बढाउन रणनीतिक साझेदारीको दिशामा अग्रसर हुनपर्ने धारणा राख्नुभयो । मन्त्रीपरिषद्का पूर्व अध्यक्ष खिलराज रेग्मीले नेपालमा चीनिया लगानी भित्र्याउने बातावरण बन्नुपर्ने राय व्यक्त गर्नुभयो ।

यसैबीच प्रधानमन्त्री ओलीले आफ्नो चीन भ्रमण बारेमा सोमबारको संघीय संसद बैठकमा जानकारी गराउँदै हुनुहुन्छ । दिउँसो बस्ने संसद बैठकमा उहाँले सांसदहरुलाई जानकारी गराउने तयारी गर्नुभएको उहाँको प्रेस संयोजक चेतन अधिकारीले बताउनुभयो । प्रधानमन्त्री ओली मंगलबार साताभरका लागि चीन भ्रमणमा जाँदै हुनुहुन्छ ।

तपाईको प्रतिक्रिया