
काठमाडौं, असार २५ गते । असार प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिपक्षी दलले कमजोर त्यान्द्रा समाएर आन्दोलन गर्न खोजेको बताउँदै संसदमा वहस गर्न आग्रह गर्नुभएको छ । नेपाल कम्यूनिष्ट पार्टीको संसदीय दलको बैठकलाई आज सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले सो कुरा बताउनुभएको हो ।
“निर्वाचनमा वाम गठबन्धनलाई जनताले बुहमत दिएर पठाए । यो गठबन्धन एउटा पार्टी भइसक्यो” प्रधानमन्त्री ओलीले भन्नुभयो “पार्टीले निर्वाचनमा उठाएका कुरा सरकारका नीति तथा कार्यक्रम मार्फत लागु गर्छ । यसमा आत्तिनु पर्दैन ।”
प्रधानमन्त्री ओलीले कसैलाई उक्साएर जुम्लामा भोकै सुत्न लगाएर काठमाडौंका सडकमा केही मान्छे कराइ रहेको बताउनुभएको छ । “बेमौसममा कराउनेहरु केही दिनमा आफैं चुप लाग्छन्” प्रधानमन्त्री ओलीले भन्नुभयो । शान्ती प्रक्रियाका केही अवशेषहरु पनि अब चाँडै नै टुंग्याइने प्रधानमन्त्री ओलीले स्पष्ट पार्नुभयो ।
प्रधानमन्त्री ओलीले चिकित्सा शिक्षा विधेयक, गोविन्द केसी, उपकुलपति जस्ता बिषयमा साँसदहरुलाई अडानका साथ कुरा राख्न आग्रह गर्नुभएको छ । “हामीले नराम्रो केही गरेको छैन । दृढताकासाथ कुरा राख्नुपर्छ” प्रधानमन्त्री ओलीले भन्नुभयो “अरु चाँही साउनको सिस्नुजस्तो फस्टाउने अनि हामीचाँही ओइलाउने हुन्छ ?”
प्रधानमन्त्री ओलीले प्रतिपक्षी नोपली काँग्रेसतिर लक्षित गर्दै हरेक कुरा संसदमा बहस गर्न चुनौति दिनुभएको छ । “विधि, विधान, कानुन संसदले बनाउने हो कि बाहिर बनाएर ल्याएर संसदमा थपडी ठोक्ने हो ?” प्रधानमन्त्रीको प्रश्न छ ।
प्रधानमन्त्री ओलीले प्रतिपक्षी नोपली काँग्रेसतिर लक्षित गर्दै हरेक कुरा संसदमा बहस गर्न चुनौति दिनुभएको छ । “विधि, विधान, कानुन संसदले बनाउने हो कि बाहिर बनाएर ल्याएर संसदमा थपडी ठोक्ने हो ?” प्रधानमन्त्रीको प्रश्न छ ।
काठमाडौंमा १० बर्ष मेडिकल कलेज खोल्न नपाउने, एउटा विश्व विद्यालयले पाँचवटा भन्दा बढी कलेजलाई सम्बन्धन नदिनेजस्ता कुरा व्यबहारिक नभएको प्रधानमन्त्री ओलीको भनाइ छ ।
“कुन बिषयमा कति कलेज आवश्यक छ त्यसको अध्ययन गरौं अनि आवश्यकता अनुसार कलेजलाई सम्बन्धन दिऔं” प्रधानमन्त्री ओलीले भन्नुभयो । संसदमा पेश भएको चिकित्सा शिक्षा विधेयक सरकारको नीतिअनुसार नै भएको प्रधानमन्त्री ओलीको भनाइ छ ।
“सरकारले आफ्ना नीति अनुसारका ऐन ल्याउँछ यसमा के अनौठो भयो र !” प्रधामन्त्रीले भन्नुभयो । नेपाली विद्यार्थीलाई स्वदेशमा पढ्न नदिने, विदेश पठाउनु पर्ने, हजारौं विगाहा जमिन खरिद गरेर भवन बनाएर चलाएका अस्पतालहरुलाई कलेज बनाउन रोक्न नमिल्ने प्रधानमन्त्री ओलीको भनाइ छ ।
संस्कृत विश्व विश्व विद्यालयका उपकुलपति स्विकृती नलिइ विदेश जान लागेकोले उनलाई रोकिएको प्रधानमन्त्रीले स्पष्ट पार्नुभयो । संस्कृत विश्व विद्यालयका उपकुलपतिको बारेमा थुप्रै उजुरी परेको र तिनको निष्पक्ष छानविन हुने प्रधानमन्त्री ओलीले बताउनुभएको छ । “अहिलेका हल्लाले यो छानविन रोकिदैन” प्रधानमन्त्रीले स्पष्ट पार्नुभएको छ ।
निर्वाचन आचार संहिता लागु भएपछिका राजनीतिक नियुक्तीहरु खारेज गरिएको प्रधानमन्त्रीले स्पष्ट पार्नुभयो । “संस्थाहरुलाई राजनीतिक प्रदुषणबाट मुक्त गर्नकालागि यसो गरिएको हो” प्रधानमन्त्री ओलीले भन्नुभयो । बैठकमा नेकपाका अध्यक्ष पुष्पकमल दाहाल, नेता झलनाथ खनाल लगायतको उपस्थिती थियो ।




