मिस थारु एन्ड मिष्टर थारु प्रतियोगिता दोस्रोपटक संचालन हुँने तयारीमा


कुलदिप चौधरी
सुनसरी, असार ३० गते । पूर्वी नेपालको प्रदेश १ मा थारु कला केन्द्रको आयोजनामा मिस्टर थारु एन्ड मिस थारु दोस्रो पटक सञ्चालन गर्ने तयारी गरिएको छ । कार्यक्रम कहिलेसम्म गर्ने भन्ने मिति भने तय भइसकेको छैन । कार्यक्रमबारे आयोजकले सुझाव संकलन थालेको छ ।

थारु युवा युवतिहरूको कला, गला र सक्षमतालाई उच्च मुल्यांकन गर्न सो कार्यक्रमको आयोजना गर्न लागिएको आयोजकले बताएको छ । थारु कला केन्द्र्ले पहिलो पटक आज ३० गते शनिवार दिनेश प्रतिष्ठाको हल दुहबीमा अन्तक्रिया कार्यक्रम गरी सोबारे जानकारी गरायो ।

कार्यक्रममा थारु अगुवाहरुले थारु संस्कृति र कलाको जगेर्नागर्दै कार्यक्रम सफल बनाउन सुझाव दिएका थिए ।

देवकृष्ण बिश्वासको सभापतित्वमा सम्पन्न भएको कार्यक्रममा कार्यक्रमलाई सम्बोधन गर्दै थारु कानुनी व्यवसायी सभाका केन्द्रिय अध्यक्ष रामराज चौधरीले, साक्षरता र नेतृत्व बिकास आजको आवश्यकता भएकाले थारु युवा युवतिहरुको सीप र दक्षता सोहीअनुरुप बढ्नुपर्ने बताउनुभयो । कार्यक्रमले त्यसमा सहयोग पुग्ने विश्वास उहाँले गर्नुभयो ।

थारु महिला उत्थान समाजकी अध्यक्ष सीता चौधरीले मिष्टर एण्ड मिस थारु प्रतियोगिता गर्नु सकारात्मक रहेपनि थारु कला संस्कृतिको संरक्षणलाई त्यसमा बढीभन्दा वढी समेटनुपर्ने सुझाव दिनुभयो । अहिलेका युवाहरु अन्य संस्कृतिप्रति बढी लहसिदैगएको तर आफ्नै भाषा, भेषभूषाबारेमा सचेत नहुनेगरेको महुशस भइरहेका बेला प्रतियोगितामा थारु कला, संस्कृति र भेषभुषालाई प्राथमिकतामा राख्न सुझाव दिनुभयो ।

त्यसैगरी थारु पत्रकार संघ नेपालका केन्द्रीय सदस्य कुलदिप चौधरी, थारु महिला सभाका केन्द्रीय सचीव शुशिला चौधरी, थारु महिला सभाका जि अध्यक्ष शुशिला लेखीथारु, थारु चलचित्र संघका जि अध्यक्ष जानकी चौधरी, थारु युवा समाजका रोहित चौधरी, थारु कला केन्द्र्का पुष्प थारु, महिला नेतृ पर्मिला गच्छदार, धिरेन्द्र गच्छदार, थारु लेखिका तथा समाजसेबि निरा भगत, जिल्ला समन्वय समितिका सदस्य पुलिस विश्वास लगायतले आफ्ना धारणा राखेका थिए ।

कार्यक्रममा थारु कलाकाको रहरुमा बरिस्ठ गायक पर्वलदिप विस्वास, देबकृष्ण विश्वास, प्रकाश चौधरी, शुनिल चौधरी, रचना तथा संगितकार कृष्ण दोशी लगायतको उपस्थिती रहेको थियो । कार्यक्रममा थारु अगुवाहरुले थारु संस्कृति र कलाको जगेर्नागर्दै कार्यक्रम सफल बनाउन सुझाव दिएका थिए ।

तपाईको प्रतिक्रिया