थारु गीत घुम्मर घुम्मर कम्मर हिलाइदेऊको अडियो सार्वजनिक


भगतराम थारु
नेपालगन्ज, साउन ११ गते । थारु गीत घुम्मर घुम्मर कम्मर हिलादेउ कमरिया बोलको अडियो गीत सार्वजनिक भएको छ । थारु गायक विश्वसागर परियार र गायीका सुमन चौधरीको स्वरमा रहेको घुम्मर घुम्मर बोलको अडियो गीत शुक्रवार सार्वजनिक भएको हो ।

गीतको शव्द सुखलाल थारुले गर्नुभएको छ भने संगीत मनोज बधानले गर्नुभएको छ । यस्तै गीतको एरेन्ज पुष्कर खत्रीले गर्नुभएको छ । टीकापुर कैलालीको रियाज रेकर्डिङ स्टुडियोबाट गीत रेकडिङ भएको गायक विश्वसागर परियारले जानकारी गराउनुभयो ।

घुम्मर घुम्मर कम्मर हिलादेउ बोलको गीतमा थारु मोडल राजकुमार चौधरी र दाङकी थारु मोडेल अपेक्षा कुशुम्याले मोडलिङ गर्ने पक्का भएको गायक परियारले जानकारी गराउनुभयो । थारु मोडल राजकुमार पछिल्लो समयमा निरन्तर थारु म्युजिक भिडियोमा मोडलको रुपमा भुमिका निभाउदै आउनुभएको छ ।

मोडल राजकुमारले कहाँ जाइतो गोरी लचकाईके कमरिया, आगे आगे मोरट बाईक पाछे पाछे मोटरकार र झुम्कावाली बथिनिया बोलको गीतमा मुख्य भुमिकामा अभिनय गरिसक्नुभएको छ । मोडल राजकुमारले अव तुलसीपुर नगरपालिका १२ कचीलाका अपेक्षा कुशुम्यासँग चौथो म्युजिक भिडियोमा खेल्ने पक्का भएको जानकारी गराउनुभयो । मोडेल कुशुम्या एकवटा नेपाली गीतमा मोडेलको भुमिका निभाउनुभएको छ ।

गीतको सुटिङ बर्दिया र कैलालीको थारु गाउँमा हुने गायक परियारले जानकारी गराउनुभयो । घुम्मर घुम्मर बोलको गीत आर.केसी स्टुडियो कोहलपुर पिपरीको युट्युवबाट सार्वजनिक भएको हो ।

तपाईको प्रतिक्रिया