कैलारी ६ बनकट्टा गाउँका भीम चौधरीको घरमा आगलागी, सामान जलेर नष्ट


कैलाली, कात्तिक २२ गते । कैलाली जिल्लाको कैलारी गाउँपालिका स्थित बनकट्टा गाउँमा रहेको भीमबहादुर चौधरीको घरमा आगलागि भएको छ । आगलागीबाट घरका सामान जलेर नष्ट भएका छन् ।

कैलालरी गाउँपालिका ६ स्थित जानकीटोलको जानकि माद्यमिक बिद्यलायको अगाडि रहेको चौधरीको घरमा विहिबार आगलागी भएको स्थानीयले बताएका छन् । आगलागीबाट घरका सबै सामान जलेर नष्ट भएका छन् ।

स्थानिय खगेन्द्र चौधरीकाअनुसार आगलागिबाट घरभित्र राखिएका धान कुट्ने ईन्जिन, त्यसमा प्रयोग हुने सेक्सन पाईप, छेउमा रहेको तौवाको पराल, अन्नपात, लत्ताकपडा लगायतका सामान जलेका छन् । आगलागीबाट के कति क्षति भएको हो बारे खुल्न सकेको छैन । आगलागी कसरी भएको हो भन्ने खुलिसकेको छैन ।

तपाईको प्रतिक्रिया