स्याक नेपालको जिल्ला अवलोकन भ्रमण, उपलब्धीपूर्ण भएको भनाई


भगतराम थारु
नेपालगञ्ज, मंसिर ११ गते । डुडुवा गाउँपालिका २ का सुनिता यादव ६ दिनको अवलोकन भ्रमणमा निस्किइन् । भ्रमणको वारेमा उनले सोचेका पनि थिएनन् कि यति लामो भ्रमणको अवसर आउछ भनेर । झोलामा कपडा, र आफुलाई चाहिने सामान राखेर घरबाट निस्किइन् ।

छ दिनको लामो यात्रा र कस्तो यात्रा होला मनमा खुलदुलि लागिरहेको थियो । डुडुवाका केही साथीसंगै हामी घरबाट नेपालगन्जसम्म अटो रिक्साबाट भ्रमण निस्कने ठाउँको यात्रा तय ग¥यों । अवलोकन भ्रमणका लागि हामी करिव ३५ जना जति बसमा सवार हुदै यात्रा तय ग¥यो । अवलोकन भ्रमणको पहिलो स्थान थियो रौतहट ।

बसमा गुन्जिने गितका भाकामा नाचेरै पहिलो स्थान पुगेको पत्तै भएन डुडुवा गाउँपालिका मिलन चोकका धनि रोकाले भने । बस चल्यो कि नाच्न सुरु हुन्थ्यो । न नाच्ने साथीहरु पनि नाच्न बाध्य भएका थिए । बसमा नाचगान र अन्ताक्षरी खेलेर नै पहिलो स्थानसम्म पुग्न सफल भएका थियो रोकाले भने ।

सिलम यादबले पनि अवलोकन भ्रमण पहिलो भएको बताए । सामाजिक सचेतन मंच (स्याक) नेपालको आयोजनामा ६ दिने अवलोकन भ्रमण कार्यक्रम सकिएको छ । अक्सफाम नेपालको आर्थिक सहयोगमा अवलोकन भ्रमण कार्यक्रम भएको थियो ।
रौतहत, जनकपुर, पोखरा, स्याङजा, पाल्पा, बुटवल, लम्बीनी लगायतका ठाउँहरुमा अवलोकन भ्रमण गरिएको हो । (स्याक) नेपालको आयोजना तथा अक्सफामको सहयोगमा महिला र बालिकाविरुद्ध हुने हिंसा अन्त्यका लागि संचालित अभियान अन्तर्गत देशका विभिन्न जिल्लामा अवलोकन भ्रमण कार्यक्रम गरिएको हो ।

नेपालगन्जदेखि २९ गते निस्केको अवलोकन भ्रमण टोलीले रौतहटको लक्की बाल क्लव, ज्ञान बाटिका समुदायिक छलफल केन्द्र, ज्योती सामुदायिक छलफल केन्द्र लगायत रौतहटका बाल क्लवका बालवालिकाले बनाएको कचहरी नाटक भगजोगनी नाटक रौतहटका बालवालिकाहरुले प्रस्तुत गरि देखाएको परियोजनाका कार्यक्रम संयोजक राजकुमारी चौधरीले जानकारी दिइन् ।

अवलोकन गरिएका छलफल केन्द्रहरुका महिला तथा बालवालिकाहरुको धेरै परिवर्तन भएको पाइयो । पहिले घरभित्र बाट बाहिर नआउने र घुम्टो भित्रै सिमित रहेका समुदाय खुलेआम समुदायको विकासका निम्ती लागि परेको आरडिसीका पुजा जयसवालले बताए । रौतहटका सामुदायिक छलफल केन्द्रका महिलाहरुको प्रगति देखेर बाँकेका समुदायले पनि धेरै पाठ सिक्नु पर्ने रहेको बाँकेका परियोजना कार्यक्रमका संयोजक राजकुमारीले बताए ।

२०५१ साल ८ महिना ७ गते स्याक नेपालको स्थापना भएको थियो । संस्थाले बाँके र बर्दिया जिल्लामा बालबालिका, किशोरकिशोरी, युवा तथा महिलाहरुको हकअधिकार, सशक्तिकरण तथा क्षमता अभिवृद्धिको कार्यक्रमहरु गर्ने गरेको संस्थाका अध्यक्ष शिवलाल पाण्डेले बताए ।

तपाईको प्रतिक्रिया