महिलाहरु नेतृत्वमा आएपछि भुवर भवानी सामुदायिक बनले गति लियो


भगतराम थारु
नेपालगन्ज, फागुन २० गते । भुवर भवानी सामुदायिक बनलाई महिलाहरुले नेतृत्व लिएपछि राम्रो आम्दानी गर्न सफल भएको छ । उपभोक्ता समितिले आफुले गरेको कामबारे पत्रकार सम्मेलन गरी हालै सार्वजनिक गरेको छ ।

भुवर भवानी सामुदायिक बन उपभोक्ता समितिमा महिलाहरुको नेतृत्वले राम्रो कार्य गर्दै आएको हुनाले स्थानिय पनि सन्तुष्ट छन् । २०६० सालमा स्थापना भएको सामुदायिक बनमा स्थापनाकाल पछि समितिमा जिम्मेवारीपुर्ण तरिकाले काम गर्ने व्यक्ति कोही नभएपछि र समिति झन झन विग्रिदै गएपछि महिलाहरुले नेतृत्व सम्हालेका थिए ।

उपभोक्ताहरुले नेतृत्व गर्न नमानेपछि महिलाहरुको सक्रियतामा नेतृत्व सम्हाल्ने जिम्मा लिएसंगै सामुदायिक बन चलायमान तथा हेर्न लायक बनेको स्थानीयहरु बताउँछन् । महिलाहरुको नेतृत्वले राम्रो कार्य गर्दै आएपछि अहिले केही व्यक्तिहरुले विरोध समेत गर्दै आएका छन् ।

महिलाहरुले राम्रो कार्य गरेको देखेर स्थानिय उपभोक्त समेत दंग परेका छन् भने केही व्यक्तिले महिलाहरुले केही गर्न जानेनन उनिहरुको हिसाव समेत पारदर्सिता नभएको भन्दै विरोध जनाएका छन् । विगतमा समितिमा बस्न नमान्नेहरु अहिले समितिमा बस्नको लागि तछाडमछाड गरिरहेको स्थानीयहरु बताउँछन् । केही नभएको समुदायिक वनमा महिलाहरुको नेतृत्वले सम्पुर्ण कार्य गर्ने वातावरण तथा भौतिक संरचना समेत तयार पारेका छन् ।

महिलाहरुले गरेको कार्य राम्रो र फाइदाजनक ठाउँमा पु¥याएपछि स्थानिय केही चार पाँच जनाले विरोध जनाउने गरेका छन् । पहिलेको कार्यसमितिले ऋण समेत लगाएर छोडेको थियो, हामी आएपछि उपभोक्ता समितिलाई फाइदामा पु¥याएको समुदायकी अध्यक्ष सिता परियारले बताउनुभयो ।

११ जनाको कार्य समितिमा ४ जना पुरुष छन् । सवै महिलाले नै नेतृत्व गरिरहेको अध्यक्ष सिताले बताउनुभयो । पहिले समितिमा बस्न नचाहने अहिले काठ र भौतिक संरचना निर्माण लगायतको कार्य ठिक्क बनाएको देखेर केही व्यक्तिले विरोध जनाएको अध्यक्ष परियारले भन्नुभयो ।

हाल राप्ती सोनारी ३ नवलपुरमा २ सय ४५ जना उपभोक्ताहरु छन् । अहिले सामुदायिक बनले करिव ४० लाख बरावरको आफ्नै भवन निर्माण गर्दै आएको छ । भवनमा करिव २५ लाख खर्च भैसकेको छ भने सामुदायिक बनको नाममा १५ लाख ५३ हजार ९ सय ऋण देखिएको अध्यक्ष परियारले बताउनुभयो । केही समय पहिलेको बन उपभोक्त समितिले ऋण लगाएर छोडेका थिए । हामी आएपछि पहिलेको समितिले गरेको ऋण पनि चुक्ता गरेर फाईदामा पु¥यायो अध्यक्ष परियारले भन्नुभयो । अहिले महिलाहरुले विकास गरेको देखेर केही मानिसले विरोध समेत गर्दै आएको उहाँले भन्नुभयो । अहिले २ कार्यकालमा रहेका अध्यक्ष परियार भुवर भवानी सामुदायिक बनको काठ मात्रै बेचेर १७ लाख आम्दानी गरेको बताउनुभयो ।

आयश्रोत जुटाएपछि पदको लागि तछाडमछाड शुरुभएको अध्यक्षले भन्नुभयो । सामुदायिक बनमा बार्षिक २५.५ चट्टा काठ कटान हुने जनाइएको छ । जसमा ५९३.६० क्युफिट आधा चट्टा दाउरा र सिक्टा सिचाई उपभोक्ताबाट उत्पादन भएको काठ ७ हजार ४ सय ६६.०६ क्युफिट, सालको दाउरा ११ चट्टा र अन्य जातको दाउरा १४.५ चट्टा रहेको उपभोक्ता समितिका कोषाध्यक्ष शान्ति चौधरीले जानकारी दिनुभयो । उपभोक्ता समितिमा साल, अस्ना, जामुन, कर्मा लगायतका काठहरु छन् ।

तपाईको प्रतिक्रिया