
काठमाडौं, वैशाख २१ गते । डा. बाबुराम भट्टराई नेतृत्वको नयाँशक्ति नेपाल र उपेन्द्र यादव नेतृत्वको संघीय समाजवादी फोरमबीच एकता हुने भएको छ। लामो समयको वार्तापछि दुई दल एक हुने सहमति गरेका छन् । डा. भट्टराई र यादवबीच आज पार्टी एकतासम्बन्धी सहमतिपत्रमा हस्ताक्षर भएको छ । एकताको घोषणा २३ गते सोमबार हुने बताइएको छ ।
एकीकृत पार्टीको नाम समाजवादी पार्टी नेपाल हुने दुवै दलले सहमति गरेका छन् । नेकपामा जस्तै बाबुराम भट्टराई र उपेन्द्र यादव दुवै अध्यक्ष हुनेछन् । संघीय परिषद्को अध्यक्षता भट्टराईले र केन्द्रीय समितिको अध्यक्षता यादवले गर्ने सहमति जुटेको बताइएको छ । एकीकृत पार्टीको पदाधिकारीमा फोरमबाट १६ र नयाँ शक्तिबाट ९ जना रहनेछन् ।
यस्तो छ दुई दलबीच भएको सहमति





