मेयर द्वारिकलाल चौधरीद्वारा आत्मालोचना, अभिव्यक्ति फिर्ता


काठमाडौं, जेठ २७ गते । इटहरी उपमहानगरपालिकाका मेयर द्वारिकलाल चौधरीले मिडियाप्रति आक्रोशित रुपमा दिएको अभिव्यक्तिप्रति आत्मलोचना गर्नुभएको छ । भ्रष्टाचार विरुद्धको अभियानमा रहेका चौधरीले पत्रकारको विषयमा दिएको आफ्नै अभिव्यक्तिप्रति दुःख व्यक्त गर्नुभएको हो ।

पत्रकारले आफूलाई बारम्बार लेखेट्न थालेपछि आवेगमा आएर आफूले त्यस्तो अभिव्यक्ति दिन बाध्य भएको चौधरीले प्रष्ट पार्नुभएको छ । आफ्नो अभिव्यक्तिले सञ्चारजगतमा पुगेको चोटप्रति उहाँले दुःख व्यक्त गर्दै भनाई फिर्ता लिएको बताउनुभएको छ । चौतर्फी दवाव आएपछि मेयर चौधरीले विज्ञप्ती मार्फत आत्मलोचना गर्नुभएको हो ।

भ्रष्टाचारको अन्त्य तथा समृद्धिमा सञ्चारजगतको रचनात्मक भूमिकाको अपेक्षा गर्दै चौधरीले हातेमालोबाटै विकास गर्न सकिने बताउनुभएको छ । आफू उदण्ड व्यक्ति नभई अनुशासित रहेको उहाँले प्रष्ट पार्नुभएको छ ।

हेर्नुहोस विज्ञप्तीको पूर्णपाठ

 

तपाईको प्रतिक्रिया