एस्इइमा करिश्मालाई बी प्लस, शान्ता चौधरीलाई बी ग्रेड


काठमाडौं, असार १२ गते । नायिका करिश्मा मानन्धरले बी प्लस ल्याएर एसइइ परीक्षा उत्तीर्ण गर्नुभएको छ भने सांसद शान्ता चौधरीले बी ग्रेडमा उत्तीर्ण गर्नुभएको छ । बिहीबार सार्वजनिक भएको नतिजाअनुसार करिष्माले जीपिए ३ र शान्ताले २.६५ जीपीए ल्याउनुभएको हो। यसै वर्ष परीक्षा दिएकी शान्ता चौधरीकी छोरी विनु चौधरीले भने बी प्लस ल्याएकी छन् ।

कति भए उत्तीर्णः

राष्ट्रिय परीक्षा बोर्ड, कक्षा १० का परीक्षा बोर्डले बिहीबार पत्रकार सम्मेलन गरेर परीक्षाफल सार्वजनिक गरेको छ । २०७५ चैत १० देखि ३० गतेसम्म सञ्चालन गरिएको एसइई परीक्षामा देशभरबाट कूल ४ लाख ५० हजार २७५ परीक्षार्थी सहभागी थिए । नतिजाअनुसार एप्लस ल्याएर ९५९६ जना छात्र उत्तीर्ण भए भने छात्रा ७२८६ जना रहेका छन् ।

यसैगरी ए ग्रेड ल्याउनेमा छात्र २७२७९ र छात्रा २१६८१ जना छन् । बी प्लस ल्याउनेमा छात्र ३४१६६ र छात्रा २६५४०, बी ल्याउनेमा छात्र ३९०९५ र छात्रा ३५०१५ जना रहेका छन् ।

यसैगरी, सी प्लस ल्याउनेमा छात्र ४५७८९ र छात्रा ५१५१०, सी ग्रेड ल्याउन छात्र ४२८८३ जना छात्रा ५२३२६ जना रहेका छन् । यसैगरी, डी प्लस ल्याउनेमा छात्रमा १९१३३ र छात्रा २४७०७ जना रहेका छन् । डी छात्र १८६६ र छात्रा २५६३, ई ग्रेड ल्याउनेमा छात्र ४२२५ छात्रा ३९८२ रहेका छन् ।

तपाईको प्रतिक्रिया