आउ मीठा बात गरौं

गजल

लक्की चौधरी

तिमी काली छौं त के भो, आउ मीठा बात गरौं ।
आधा खाली छौ त के भो, आउ मीठा बात गरौं ।

भन्नेले के के भन्छन्, भन्दै गर्छन् भन्नदेउ छोड,
बिना कहानी छौ त के भो, आउ मीठा बात गरौं ।

समाज हामीले बुझ्ने हो, या बुझाउनु पो पर्ने हो,
बिना सिरानी छौ त के भो, आऊ मीठा बात गरौं ।

प्रकृतिका उपहार हौं हामी, कसैप्रति सन्देह नगरौं,
बिना ताली छौ त के भो, आउ मीठा बात गरौं ।

कोही गोरी कोही काली, छ त कोही मतवाली,
बिना लाली छौ त के भो, आउ मीठा बात गरौं ।

हामी सडकवाला जो प¥यौं, चल्ने हाम्रो कर्तव्य,
घरवाली छौ त के भो, आउ मीठा बात गरौं ।

रचनाः २०७६ असार १० गते ।

तपाईको प्रतिक्रिया