थारु गित संगितले मलाई पुर्वदेखि पश्चिमसम्म चिनायोः गायक निरौला


भगतराम थारु
नेपालगन्ज असार २६ गते । गायक तथा संगीतकार विशाल निरौलाले थारु गीत संगीतमा हात हालेपछि आफू पूर्वदेखि पश्चिमसम्म चिनिएको बताउनुभएको छ । गायक तथा एरेन्ज निरौला हाल काठमाडौं अनामनथरस्थित अलंकार डिजिटल स्टुडियो सञ्चालन गर्दैआउनुभएको छ ।

बदलिदो परिस्थिति अनुसार कलाकारिता क्षेत्रलाई पनि नयाँ रुप दिनको लागि कलाकारिताक्षेत्रलाई रोजेको गायक निरौलाको भनाई छ । कलाकारिता होस या जुनसुकै क्षेत्रमा २ बर्ष पहिले र अहिलेको परिधि धेरै अन्तर रहेको हुनाले समय अनुसार आधुनिक तिर कलाकारिता पेशलाई लैजान जरुरी रहेको यहाँको भनाई छ ।

जामाना परिवर्तन अनुसार समयलाई त्यही अनुसार बदल्न सक्नुपर्ने आवश्यकता रहेको उहाँले बताउनुभयो । मेरौ लागि जस्तोसुकै गित मिक्सीङ र कम्पोज गर्न सहज भएपनि पहिले र नयाँ आएको पिढिलाई गाह्रो हुन सक्ने उहाँले बताउनुभयो । २०६५ सालदेखि कलाकारिताको क्षेत्रमा लागेको निरौला हालसम्म विभिन्न भाषाभाषीका गित गरेर ८ सय बढि गितहरुमा एरेन्ज, मिक्सीङग, कम्पोज गरिसक्नुभएको छ ।

थारु भाषाको गितमा कम्पोज गर्नुको मजा नै बेग्लै हुन्छ किनभने थारु भाषाको गितले पनि अहिले फड्को मारिसकेको र पछिल्लो समय थारु भाषाको गित संगितले झन सफलता प्राप्त भएको उहाँले सुनाउनुभयो ।

निरौलाले थारु भाषाको गित सय बढिमा एरेन्ज, मिक्सिङ गर्नुभएको छ भने सेलोमा १५, भोजपुरीमा २०, हिन्दी, नेपाली, आधुनिक, लोकदोहरी गरि ८ सय बढि गित कम्पोज गरि सकेको उहाँले बताउनुभयो । थारु भाषाको गितमा कम्पोज गर्नुको मजा नै बेग्लै हुन्छ किनभने थारु भाषाको गितले पनि अहिले फड्को मारिसकेको र पछिल्लो समय थारु भाषाको गित संगितले झन सफलता प्राप्त भएको उहाँले सुनाउनुभयो ।

निरौलाले भन्नुभयो पहिलेदेखिको मेरो रुचि सांगितिक क्षेत्र रहेको हुनाले सानै उमेर देखि यस क्षेत्रमा हात हाले र सफलता पाएको हाँको भनाई छ । २ वटा फिल्ममा समेत गायन र एरेन्जको भुमिका खेलिसक्नुभएका निरौलाको ज्यान यो प्रदेशी र नामसारी भन्ने गितले धेरै चर्चा पाएको छ ।

भर्खरै निर्माण हुन लागको थारु फिल्म थारुगिरीको काममा व्यस्त रहेका निरौला थारुगिरी चलचित्रमा ४ वटा गित समावेश रहेका छन् त्यही गितको एरेन्ज र कम्पोजमा लागिपरेको छु उहाँले भन्नुभयो । बाजा अनुसार गितको फरक फरक शुल्क लाग्ने निरौलाको भनाई छ ।

तपाईको प्रतिक्रिया