
काठमाडौं, साउन ४ गते । नेपाल न्याय सेवा कानून, न्याय तथा सरकारी वकिल समूह शाखा अधिकृतमा उत्तीर्ण भएका आदिबासी जनजाति उम्मेदवारलाई एक कार्यक्रमका बीच शनिबार यहाँ सम्मानित गरिएको छ ।
नेपाल आदिबासी जनजाति महासंघ, नेपाल आदिबासी जनजाति पत्रकार महासंघ (फोनिज), नेपाल आदिबासी जनजाति महिला महासंघ र नेपाल आदिबासी जनजाति उत्थान राष्ट्रिय प्रतिष्ठानको संयुक्त आयोजनामा राजपत्राङ्कित तृतीय श्रेणीमा नाम निकाल्न सफल ६१ जना आदिबासी उम्मेदवारलाई बधाई र सम्मानित गरिएको हो ।
हालै लोक सेवा आयोगको परीक्षाबाट उत्तीर्ण भएका प्रेक्षा चौधरी, विश्व बहादुर रिखाम, बुद्धलक्ष्मी तामाङ, अक्षयकुमार दनुवार, उदय लामा, अवसर मादेन, मनिता शाक्य, रश्मा बेन्जु, सेनाबहादुर श्रेष्ठ, गोकुल भुजेल, वनबहादुर बुढामगर, संजना चौधरी, विनिता चौधरी, टीकाराम पुन, कलावति थापामगर, सवित्रा घिसिङ, सन्तोष राई, शान्ता चौधरी सहित ६१ जनालाई सम्मानपत्रले सम्मानित गरिएको हो ।

आदिबासी जनजाति महासंघका अध्यक्ष जगत बरामको अध्यक्षतामा भएको कार्यक्रममा पूर्व कानून तथा न्यायमन्त्री शेरबहादुर तामाङले सम्मानित गर्नुभएको थियो । कार्यक्रममा समाजशास्त्री, डा. कृष्ण भट्टचन, नन्द कन्दङ्वा, मोहन गोले, डण्ड गुरुङ, बमकुमारी बुढा, जी.एस. गुरुङ, चिनीमाया माझी, उम्मेदवारका तर्फबाट अवसर मादेन र रेश्मा बुद्धचार्यले धारणा राख्नुभएको थियो ।




