भगतराम थारु
नेपालगन्ज, भदौ २ गते । थारु म्युजिक भिडियो हमार जोडी हिट दुई लाख रुपियाँको लागतमा तयार भएको छ । हमार जोडी हिट बोलको थारु म्युजिक भिडियो सोमवार सार्वजनिक गर्दै कलाकार नरेश चौधरी (देवदास) ले सो कुरा बताउनुभयो ।
थारु मोडल नरेश चौधरी (देवदास) र करिश्मा सिंह ठकुरीको अभिनय रहेको छ । पछिल्लो समय थारु म्युजिक भिडियोमा पनि ठूलो लगानी र क्वालिटिका म्युजिक भिडियो तयार भैरहेको यो हमार जोडि हिट पहिलो गीत भएको कलाकार चौधरीले भन्नुभयो ।
यत्ति धेरै रुपियाँको लागतमा तयार भएको यो थारु भाषाको गीत पहिलो भएको उहाँको दावी छ । गीतमा बढि भाग मेकअप, पहिरन, लाईट, स्थानमा बढि खर्च लागेको कलाकार चौधरीले बताउनुभयो । राप्ती सोनारी गाउँपालिकामा बसोवास गर्र्दै आउनु भएका अहिलेका चौधरीलाई चकलेटी हिरो भनेर पनि चिनिने गरिन्छ ।
देवदासले एकपछि अर्का सफल म्युजिक भिडियो निकाल्न सफल भएका छन् । मिनिस्कटवाली छैली पलतके हेरो, बोलो न बोलो बताउ न बताउ, छम्मक छम्मक, फुलकुमारी, लगायतका चर्चित भिडियो उहाँले तयार गर्नुभएको हो ।
थारु म्युजिक भिडियो मार्फत आफ्नो छुट्टै पहिचान बनाउन सफल देवदासले हमार जोडी हिट बोलको गीतमा गायक गणेश चौधरी र गायीका सोनी कुश्मीले स्वर दिएका छन । डाइरेक्सन सुरज कुसुम्याको रहेको छ भने क्यामरा तथा मिक्सिङ रामु चौधरीको छ ।