करिब २३ वर्षपछि चिनियाँ राष्ट्रपति सी जिनपिङको नेपाल भ्रमण तयभएको छ । यसअघि सन् १९९६ डिसेम्बर ४ मा तत्कालिन चिनियाँ राष्ट्रपति जैङ जेमिनको नेपाल भ्रमण भएको थियो । त्यतिबेला नेपालमा राजतन्त्र थियो । तर अहिले हुने सी जिनपिङको भ्रमणका बेला नेपालमा संघीय लोकतान्त्रिक गणतन्त्र छ । त्यसैले यी दुई भ्रमणको तात्विक भिन्नता र महत्व छ । अहिलेको भ्रमण निकट भविष्यमै हुँदैछ । दुवै देशतर्फ भ्रमणको व्यापक तयारी गरिएको पनि छ । तर चीनका राष्ट्रपति सी जिनपिङ नेपालको भ्रमणमा आउँदा दक्षिणी–पश्चिमा देशहरु अलि सशंकित देखिन्छन् । नेपालमा चीनको प्रभाव नढोस् भन्ने उनीहरुको चाहना देखिन्छ । तर त्यसरी तर्सिनुपर्ने कुनै कारण भने छैन । चीन नेपालको उत्तरी छिमेकी मुलुक हो । छिमेकीसँग सुमधर सम्बन्ध कायम गर्नु दुवै देशकालागि हितकर हुन्छ ।
दक्षिणी–पश्चिमी मुलुकले नेपाल र चीनको सीमालाई दुई देशको सीमा मात्र नभएर स्वतन्त्र विश्वको सीमा भएको दावी गर्दै एकताका चीनलाई घेराउको प्रयास गरेका थिए । पछि १९५० को नेपाल–भारतबीचको सन्धीपछि तत्कालिन भारतीय प्रधानमन्त्री जवाहरलाल नेहरुले हिमाल दक्षिणको सीमामा आफ्नो प्रभाव क्षेत्र मान्थे । चीनको हस्तक्षेप नहोस् भन्ने चाहन्थे । चीन–नेपालको सिमाना दुई देशबीचको सिमाना मात्र होइन । त्यतिबेला रिजनल ट्रान्सपोर्ट अर्गनाइजेशन (आरटिओ) संस्था पनि बनाए । त्यसमार्फत लगानी गर्ने लक्ष्य लिएका थिए । नेपालमाथि चीनको बढ्दो प्रभावले दक्षिणी छिमेकी सशंकित पनि छ । अरु पश्चिमा देशभने नेपालको बाटो भएर चीन आफ्नो प्रभाव युरोपेली मुलुकमा पनि जमाउन सक्ने त्रासमा देखिन्छन् । चीनमा अराजकता ल्याउन ती राष्ट्रहरुले तिव्वतिहरुमा खम्पा विद्रोही पनि जन्माएका थिए । तिव्वती शरणार्थीको नाममा अराजकता मच्चाउने षडयन्त्र अमेरिकाको पनि थियो । तर चीनले सो विद्रोही समूहलाई नेपालकै सहयोगमा समूलअन्त्य ग¥यो । एक चीन नीतिमा नेपाल प्रतिवद्ध भएपछि सो खम्पा विद्रोही समूहको अन्त्य भयो ।
नेपालमाथि चीनको बढ्दो प्रभावले दक्षिणी छिमेकी सशंकित पनि छ । अरु पश्चिमा देशभने नेपालको बाटो भएर चीन आफ्नो प्रभाव युरोपेली मुलुकमा पनि जमाउन सक्ने त्रासमा देखिन्छन् ।
पहिले अमेरिकाले हङकङमा प्रभाव जमाएर चिनियाँ सरकारको गतिविधि अवलोकन गथ्र्यौ । अहिले हङकङ चीनको प्रभावमा गएपछि अमेरिका त्यहाँबाट फर्किन बाध्य भयो । अहिले नेपाललाई सो क्षेत्रकोरुपमा अमेरिकाले लिने गरेको छ । चीन सरकारको गतिविधिलाई नेपाललाई ट्रान्जिट बनाएर अवलोकनको प्रयास गरेको देखिन्छ । यसमा चीन पनि जानकार छ । तर पछिल्लो समय चिनियाँ राष्ट्रपति सी जिनपिङले बीआरआई (बेल्ट एण्ड रोड इनिसियटिभ) महत्वपूर्ण परियोजना ल्याएर नेपालमार्फत युरोपीबजारमा प्रभाव जमाउने बाटो खोल्ने लक्ष्य लिएको देखिन्छ । त्यसले नेपाललाई पनि फाइदा हुने निश्चित छ । बीआरआई मार्फत नेपालमा उत्पादित समान हामीले पनि युरोपसम्म पु¥याउने अवसर पाउने छौं । अर्कोतिर चीनले त्यसैको माध्यमबाट दक्षिण एशियालाई नियाल्ने अवसर प्राप्त गर्नेछ । नेपालले बिआरआईमा हस्ताक्षर गरेर पक्षराष्ट्र बनिसकेको छ । चीनले विआरआई मार्फत व्यापारसहित दक्षिण एसिया मुलुकमा पहुँच बनाउन चाहन्छ । त्यो उसको स्वार्थ होला ।
हिमाल नाघेर चीन नेपाल आउने भयो भनेर अरुले डाह गरेको हुन सक्छन् । तर चीनले नेपालसँग पारवाहन अधिकार लिएको छ । चिनियाँ रेल काठमाडौंसम्म आउँदा नेपाललाई उल्लेख्य फाइदा हुने निश्चित् छ । नेपाल अब भूपरिवेष्ठित मुलुक रहेन । अब ल्याण्डलिङ्क देश भयो । चीनले काठमाडौंसम्म रेल ल्याउने र भारतले पनि काठमाडौंसम्म रेल ल्याउने भएपछि हामी सबैतिरबाट जोडिने भयौं । अवको पन्ध्र बीस वर्षमा दुवै छिमेकी मुलुकको रेल नेपालमा आइपुग्छ । पारवाहन राज्यको रुपमा अव नेपालको भूमिका रहनेछ । दुईठूला चीन र भारतीय बजारलाई जोड्ने काम पनि नेपाल हुनेछ । ट्रेडवारले जे समस्या ल्यायौ, त्यसको शिकार भारत, चीन, रुस सबै भए । भारतको सबैभन्दा ठूलो व्यापारीक पार्टनर पनि चीन नै हो । त्यसैले परस्पर आर्थिक सहययोग पनि बढाएका छन् । त्यसैले एआईआईबी (एसियन इन्फ्रास्ट्रक्चर इन्भेष्टमेन्ट बैंक) मार्फत भारतले ठूलो ऋण लिएर लगानी बढाएको छ । लगानीको हिसावले भारत चीनसँग नजिक, सुरक्षा सम्बन्धमा अमेरिकासँग बढी नजिक छ । नेपालले पनि एआईआईबीसँग कम व्याजमा सफ्ट लोन लिने तयारी गरेको छ ।
भारत र चीनको सम्बन्ध पहिलेजस्तो तनावपूर्ण छैन । सुध्रिदैगएको छ । यसले नेपाललाई नै फाइदा हुन्छ । दुई छिमेकी मुलुकको सम्बन्ध प्रगाढ भएमा व्यापार अझ बढ्छ र त्यो नेपालकै बाटो व्यापार बढ्ने भएकाले हामीलाई प्रत्यक्ष अप्रत्यक्ष फाइदा पुग्नेछ । अव यहीबेला हामीले कृषिमा क्रान्ति गरेर चीन र भारतीय बजारमा सामान पैठारी गर्ने अवसर पाउने छौं । तरकारी, माछामासु, शुद्ध पानी हामीले निर्यात गर्न सक्छौं । चीन र भारतको रेल काठमाडौंसम्म आउँदा हामीले खाली डिब्बा पठाउनुभन्दा हाम्रो उत्पादन बाहिर पठाउन सक्छौं । यसले हामीलाई आर्थिक सुदृढीकरणमा मद्दत पुग्नेछ । त्यसैले अव हामी आर्थिक कुटनीतिलाई बढावा दिनुपर्छ । चीन र भारतको रेल काठमाडौंसम्म आउँदा नेपालमा बहुराष्ट्रिय कम्पनीले अव लगानी गर्न आउनेछन् । लगानीको वातावरण बन्छ । बजार पनि छिमेकी मुलुकमा प्रशस्त भएकाले यहाँ उत्पादित सबै सामान उत्तर तथा दक्षिणको बजारमा सजिलै खपत गर्नसक्ने अवस्था हुन्छ । बाहिरको लगानी ह्वात्तै बढ्ने देखिन्छ । यसले हामीलाई सुदृढ नेपाल बनाउनमा ठूलो सघाउ पुग्नेछ ।
हामीले पर्यटकीय क्षेत्रको पूर्वाधार निर्माण गरेर ल्हासामा आउने पर्यटकको १० प्रतिशत मात्र नेपालमा ल्याउन सक्यौं भने वार्षिक करिब १० लाख पर्यटक चीनबाट सजिलै आउने देखिन्छ । त्यसैले काठमाडौंसम्म रेल आउनुले महत्व राख्छ । चीन र भारत दुवैले लुम्बनी–काठमाडौं हुँदै सीमाबाट रेलले जोड्ने प्रतिवद्धता जनाएका छन् । यसले धार्मिक पर्यटकलाई बढी लाभ पुग्छ । चीनको सहयोगले हामीलाई कनेक्टिभीटिमा त्यतिकै सहयोग पुग्नेछ । चीनियाँ रेल नेपाल आउनु भनेको अव कहिल्यै नेपालमा आर्थिक नाकाबन्दी नहुनु हो । दक्षिणको छिमेकीले नाकाबन्दी लगाउँदा उत्तरतर्फ हाम्रो बजार खुलै रहन्छ, उत्तरकोले लगाएमा दक्षिणतर्फ खुलै रहने हुनाले हामीले नाकाबन्दीबाट डराउनु नपर्ने वातावरण तयार हुनेछ ।
चीनले नेकपाका नेता र कार्यकर्तालाई मात्र प्रशिक्षित गराएको छैन । नेपाली काँग्रेस र मधेसवादी दलका नेताहरुलाई समेत चीनमा लगेर प्रशिक्षित गरिरहेको छ ।
चिनियाँ कम्युनिष्ट पार्टीको नेपाल कम्युनिष्ट पार्टीसँग सम्बन्ध सुदृढ हुँदैगएको छ । दुई देशको सम्बन्ध विस्तारमा पनि त्यो सम्बन्धले फाइदा पुग्छ । चिनियाँ लगानी ल्याउनमा त्यसले सघाउ पुग्नेछ । चिनियाँ नेताहरु नेपालमा आएर पार्टीको सिद्धान्त र त्यहाँको अनुभवबारेमा प्रशिक्षणसमेत दिन शुरुगरेका छन् । यहाँका दलका नेताहरु चीनमा गएर प्रशिक्षण र अध्ययन भ्रमण गर्ने अवसर पाएका छन् । यसको मतलब चीनले नेकपाका नेता र कार्यकर्तालाई मात्र प्रशिक्षित गराएको छैन । नेपाली काँग्रेस र मधेसवादी दलका नेताहरुलाई समेत चीनमा लगेर प्रशिक्षित गरिरहेको छ । चीनले सबै दलसँग सम्बन्ध विस्तार गर्नुकोअर्थ ऊ नेपालप्रति सबै क्षेत्रमा सम्बन्ध बनाउन चाहन्छ । यसले दुवै देशलाई फायदा पुग्ने निश्चित छ । चीनमा एकदलीय व्यवस्था छ । हाम्रो यहाँ बहुदलीय व्यवस्था छ । सैद्धान्तिक हिसावले हामी फरक छौं । त्यसैले हाम्रो व्यवस्था नेपालको भूगोलअनुसारको छ । उसो त चीनले आफ्नो विचार कुनै देशमा नलाद्ने प्रष्ट पारिसकेको छ । नेपालले पनि अरुको विचार र सिद्धान्तलाई हुबहु कपी नगर्नेमा प्रष्टै छ ।
नेपाल र चीनको सम्बन्ध अब हवाईमात्र होइन, भूमिबाट पनि विस्तार भएको छ । अहिले छ वटा हवाईले दैनिक नेपालबाट चीनकालागि उडान भर्छन् । जमिनबाट पनि नेपालको सम्बन्ध अव चीनसँग जोडिएको छ । उसो त नेपालको १४१४ किलोमिटर भूमि तीब्बती भूमिसँग जोडिएको छ । त्यसैले पनि हाम्रो अर्थराजनीति दुई देशबीच हुनु अनिवार्य नै छ ।
भ्रमणबाट फाइदा
पहिलो फाइदा कनेक्टिभीटिमा हुन्छ । वैकल्पिक बाटा तयार हुन्छन् । हामी ल्याण्डलिङ्क देश बन्छौं । अर्को तेस्रो मुलुकसँग व्यापार गर्न वैकल्पिक बाटो पाउँछौं । विश्वबजारमा हाम्रो पनि पहुँच बढ्छ । नेपालको हिल्सा भएर मानसरोबर जाने धार्मिक पर्यटकमा बृद्धि हुन्छ । कनेक्टिभीटि भनेको रेल र सडक बाटो मात्र होइन । विजुलीको बजार पनि बढ्नु हो । ट्रान्समिसन लाइन बन्दैछ । हाम्रो उत्पादित विजुली चीनसँगै भारत, बंगलादेशमा पनि बेच्नसक्ने धेरै अवसर छ । चीनले नेपालमा अहिले सबैभन्दा वढी लगानी गरेको छ, अरुदेशको तुलनामा । हाम्रो तथ्याङ्कले त्यही देखाउँछ ।
सी जिनपिङ भ्रमणमा आउँदा दूरगामी प्रभाव पार्ने परियोजनामा हस्ताक्षर हुनुपर्छ । चीनका राष्ट्रपति नेपालीको अनुहार र भूमि अवलोकन गर्न आउन लाग्नुभएको होइन ।
लामो समयपछि चिनियाँ राष्ट्रपति सी जिनपिङ नेपाल भ्रमणमा आउन लाग्नुभएकाले यसको विशेष महत्व छ । चीनको मुख्य कमजोर पक्ष भनेको तिब्बत हो । त्यसैले तिब्बतमा चीनविरुद्ध कुनै चलखेल नहोस् भन्ने चीन चाहन्छ । त्यो सहयोग नेपालबाटै उसले खोजेको छ । नेपाल त्यसमा संवेदनशील छ, रहनुपर्छ । त्यसले चीनलाई ठूलो फाइदा पुगेको छ । सी जिनपिङ भ्रमणमा आउँदा दूरगामी प्रभाव पार्ने परियोजनामा हस्ताक्षर हुनुपर्छ । चीनका राष्ट्रपति नेपालीको अनुहार र भूमि अवलोकन गर्न आउन लाग्नुभएको होइन । विश्व शान्तिका लागि चीनको भूमिका महत्वपूर्ण छ । यस विषयमा दुई पक्षीय थप छलफल हुनेछ । दक्षिणतर्फ हाम्रो खुला सिमाना रहेकाले सुरक्षा संवेदनशीलतामा नेपाल सचेत हुनैपर्छ । चीनले त्यो आशा गरेको छ । मानसरोवर हिन्दू, बौद्ध र जैनहरुको साझा धार्मिक स्थल हो । लुम्बिनी–मानसरोबर–ल्हासा–काठमाडौं जोड्ने कुरामा सरकारले ध्यान दिनुपर्छ । यो भ्रमणले दुई देशको सम्बन्धलाई थप बलियो बनाउने देखिन्छ । त्यसलाई सफल बनाउन सरकारले पूर्ण तयारी गर्नुपर्छ ।
(परराष्ट्रविद श्रेष्ठसँग लक्की चौधरीले गर्नुभएको कुराकानीमा आधारित)