गाउँ गाउँमा सिंहदरवार पु¥याउने भनाई स्थानीयस्तरमा निकै चर्चामा छ । त्यसअनुरुप काम नभएका गुनासो यदाकदा सुनिन्छन् । यद्यपि यो स्थीर सरकारको मुख्य लक्ष्य नै गाउँबस्तीको विकास गरी मुलुकलाई समद्ध बनाउने हो । गरिबीलाई मुलुकबाट हटाउने हो । अहिले विद्यमान १८ प्रतिशत गरिबीलाई सबै मिलेर काम गर्ने हो भने गरिबीको समुलअन्त्य गर्न कठिन छैन । म चन्द्रागिरी नगरपालिका वडा १२ को अध्यक्ष छुँ । यो वडामा मुख्यतः नेवार समुदायको सघन वसोबास छ । यसको क्षेत्र पूर्वमा नयाँ नैकाप, पश्चिममा दहचोक र थानकोट, उत्तरमा रामकोट र दक्षिणमा मातातीर्थ तथा महादेवस्थान वडाले छोएको छ । वडामा करिब १५ हजार जनसंख्या छ । जसमध्ये ६० प्रतिशत नेवार र ३० प्रतिशत ब्राह्मण क्षेत्री र बाँकी १० प्रतिशत अन्य समुदायको बसोबास छ । यस वडा अन्तर्गत खानेपानी, बाटोघाटो, ढल तथा फोहर व्यवस्थापन, स्वास्थ्य सुरक्षा व्यवस्थापनको मुख्य काम हुन् । दुई वर्ष चारमहिना अघि वडा अध्यक्षको जिम्मेवारीमा आउँदा यिनै समस्या सम्बोधन गर्नेबारे स्थानीयसामु प्रतिवद्धता गरिएको थियो । आफैपनि स्थानीय वडाबासी भएको नाताले पनि समस्याबारे राम्रो जानकारी छ । यस वडाबासीको घरघरमा खानेपानी पु¥याउनेगरी काम थालिएको छ । करिब ८० प्रतिशतको घरमा खानेपानी धारा पुगेको छ । बाँकी २० प्रतिशतको घरमा अवको छ महिनाभित्र खानेपानी पाइप पु¥याउने लक्ष्यसाथ काम थालिएको छ । जसकालागि ५० लाख वडा आफैले र ५० लाख प्रदेश सरकारको बजेटले काम थालिएको छ ।
यस वडाका नेवार समुदायमा केहीको लालपूर्जा समस्या देखिएको छ । सो लालपूर्जाको काम भइसकेको छ । कात्तिक १ गते औपचारिक कार्यक्रम गरी वितरण गर्ने कार्यक्रम तय भएको छ । घरजग्गा आफ्नो नाममा रहेको तर लालपूर्जा प्राप्त नगरेको, बिल तथा अन्य पुरानो कागजातका आधारमा तिरो तिर्नुपर्ने बाध्यता बलम्बुबासीको थियो । लालपूर्जाअभावमा स्थानीयहरुले बैंक कारोबार गर्न नपाएको अवस्था थियो । त्यो समस्या समाधान भएको छ । वडामा एक किलोमिटरजति (कलंकी–नागढुंगा) मुख्य सडकले छुन्छ । वडाभरी ५० प्रतिशत सडक कालोपत्रे भइसकेको छ । बाँकी सडकमा कालोपत्रेको काम यसै आर्थिकवर्षमा सम्पन्न गर्ने लक्ष्य छ । यस वडाको ३ करोड १० लाख जति वार्षिक बजेट छ । वडाबाट वार्षिक ७० लाख रुपियाँ बरावरको राजस्व र अन्य स्रोतबाट आम्दानी हुनेगरेको छ । संकलित सबै रकम नगरलाई बुझाउनुपर्छ । पछि योजनाअनुसारको बजेट नगरपालिकाले वडालाई उपलब्ध गराउँछ ।
बलम्बु नेवारवस्ती सम्पदा क्षेत्रमा परेको छ । यसको पहिचान र संस्कृति नमर्नेगरी सम्पदा क्षेत्रको विकासको काम शुरु भइसकेको छ । यसअघि २०५४ सालमा पनि म वडा अध्यक्षमा निर्वाचित भएको थिएँ । त्यतिबेला बजेट सिलिङ कमजोर थियो । अहिले तुलनात्मक बढी छ । अहिले हामीले गर्ने वार्षिक बजेट अनुसारका योजनाका कामहरु ९५ प्रतिशत कार्यान्वयनमा छन् । त्यसैले विकासको शुरुवात स्थानीय तहबाटै शुरु गर्नुपर्छ भन्ने लक्ष्य साकार भइरहेको छ । विकासको उत्साहप्रद सन्देश प्रवाह भइरहेको छ ।
सरकारले समृद्ध नेपाल र सुखी नेपालीको नारा तय गरेर मुलुकलाई समृद्ध बनाउने अभियान शुरु गरेको छ । त्यसअनुरुप हरेक स्थानीय तहमा विकासका कामहरु चुस्त र दुरुस्त हुनु अनिवार्य छ । स्थानीय तहबाटै विकासको मुल फुट्दै गयो भने समृद्ध नेपाल निर्माणमा कुनै समस्या पर्ने देखिदैन । यसअघि केन्द्रिकृत शासन प्रणाली थियो । मुलुक संघीयतामा गएपछि घरदैलोमा स्थानीय नागरिकलाई सरकारको अनुभूति गराउने मुख्य संयन्त्र नै स्थानीय सरकार हो । वडास्तर विकास तल्लो तहको विकास हो । विकास अभियान तल्लोस्तरबाटै शुरु भएमा समग्र विकास गर्नमा सघाउ पुग्ने देखिन्छ । सरकारले लिएको समृद्धिको लक्ष्यमा हरेक स्थानीय तहबाटै अभियान शुरु हुन सकेमा वास्तविक विकासको अनुभूति जनताले गर्न पाउनेछन् । सरकारले जनस्तरलाई विकासको अनुभूति गराउने कार्यनीति बनाएको छ । त्यहीअनुसारको परिपत्र स्थानीय तहमा भएका छन् । जनताको सेवालाई वढी प्रभावकारी बनाउने नै सरकारको परिपत्र छ । त्यसलाई ख्याल गर्दै हामीले कामलाई चुस्त बनाएका छौं । नागरिकको गुनासो सुन्ने संयन्त्रलाई चुस्त बनाएका छौं । गुनासो आएमा त्यसको सम्बोधनको तत्काल पहल हुनेगरेको छ ।
यस वडाभित्र महालक्ष्मी, कुमारी, गणेश, चुनदेवी, कुमार र भैरवका मुख्य धार्मिक स्थल छन् । मन्दिरको पूर्वाधार विकास तथा सरसफाईमा वडाले ध्यान दिएको छ । वडाको आफ्नै आठकोठे भवन छ । वडा कार्यालयमै स्थानीय नागरिकको स्वास्थ्य चेकजाँचका लागि ल्यावको व्यवस्था छ । सबै नागरिकको निःशुल्क स्वास्थ्य परीक्षणको व्यवस्था छ । रगत, पिसाव लगायत अन्य स्वास्थ्य चेकजाँचको सेवा ल्यावमा उपलब्ध छ । स्थानीयस्तरमा काम गर्न जति चुनौति छ, त्यति नै अवसर छ । घरदैलोमै स्थानीयसँग सेवा प्रवाह गर्न पाउनु आफैमा रोचक छ । त्यसले नागरिकसँग अपनत्वबोध गराएको छ । कतिपय नागरिकलाई वडा कार्यालयको काम कर्तव्यबारेमा समेत जनचेतना नभएको अवस्थामा काम गर्दैजाँदा स्थानीयलाई सचेत गराउने काम भएका छन् । शिक्षा, स्वास्थ्य, सरसफाईबारेमा समय समयमा जनचेतनामुलक कार्यक्रम हुनेगरेका छन् । त्यसले स्थानीयलाई थप उत्साहित गरेको छ । यस वडामा करिब ९५ प्रतिशत नागरिक साक्षर छन् । त्यसले पनि जनचेतनामूलक अभियान सञ्चालन गर्नमा सहज भएको छ ।
वडा कार्यालयमा अहिले ७ जना कर्मचारी तथा दुईजना स्वयम्सेवक राखेर सेवा प्रवाह गरेका छौं । नेवार समुदायमा चिठीपत्र, निवेदन लेख्न नजान्ने नागरिकका लागि दुईजना स्वयम्सेवक व्यवस्था गरेका छौं । त्यसले स्थानीयहरु लाभान्वित भएको प्रतिक्रिया दिनुभएको छ । त्यस्तै, जुवातास खेल्ने प्रबृत्ति, मदिरा सेवन गर्नेहरुलाई स्थानीयरुपमै प्रशिक्षण दिई स्थानीयकै पहलमा सचेत गराएका छौं । प्रशिक्षणले राम्रो प्रभाव परेको छ । त्यस्तै, दलित, महिला र अल्पसंख्यकलाई प्राथमिकतामै राखेर सेवा प्रदान गरिरहेका छौं । स्थानीयको सेवालाई सकेसम्म ढिलो नगरी प्रवाह गर्ने व्यवस्था मिलाइएको छ । सेवा प्रवाहमा गुनासो खेप्नुपरेको छैन । त्यसले स्थानीयमा सन्तुष्टि देखिएको छ । स्थानीय तवरमा यसकिसिमको सन्तुष्टि र लाभ स्थानीयले लिन पाउँदा नै मुलुकको समृद्धिको शुरुवात हुन्छ । स्थानीयको सन्तुष्टिलाई यसैगरी कायम राख्न सकेमा आउँदो केही वर्षमा नै मुलुकलाई समृद्ध बनाउन सकिने विश्वास पलाएको छ ।
सम्पन्न काम
गतवर्ष वडा कार्यालयको तर्फबाट सम्पन्न मुख्य कामहरुमा जेष्ठनागरिकको स्वास्थ्य शिविर सञ्चालन, बुद्ध भगवानको मूर्ति निर्माण, मर्मत तथा संरक्षण, गैरीगाउँ शिवमन्दिर निर्माण, कृष्णमन्दिर निर्माण, वनदेवी बाल उद्यान निर्माण, महिला विद्यालय व्यवस्थापन, स्थानीय सरस्वती क्लव मर्मत तथा सरसफाई, क्रियापुत्री भवन मर्मत चुनदेवी, सांस्कृतिक सम्पदाको संरक्षण, बाँसुरी वादन प्रतियोगिता, महिला नेतृत्व विकास तालिम, बलम्बु माध्यमिक विद्यालयको ट्रष्ट निर्माण, एकल महिला सीपमुलक तालिम, मुखियागाउँ सिस्नेपानी खानेपानी मुहान संरक्षण, सरफ निर्माण तालिम, सिलाई तथा बुनाई तालिम, व्यूटिपार्लर तालिम, स्वास्थ्यचौकी व्यवस्थापन, खानेपानीका लागि पक्की बोरिङ् ट्याङ्की निर्माण, महिला समूहलाई बृकेट, नेतृत्व, उदघोषण, अचार बनाउने तालिम भएका छन् । यसबाट संयौं महिला तथा समुदायहरु लाभान्वित भएको महशुस भएको छ । यस आर्थिक वर्षमा पनि मुख्य र ठूला योजनालाई सम्पन्न गर्नेगरी काम शुरुभएका छन् । खानेपानीलाई घरघरमा पु¥याउने, सबै बाटोलाई कालोपत्रे गर्ने, बाटो नपुगेको ठाउँमा बाटो पु¥याउने, फोहर व्यवस्थापन तथा नागरिकको स्वास्थ्य सुधारमा लक्षित गरी कार्यक्रम सञ्चालन भइरहेका छन् ।
(लेखक चन्द्रागिरी नगरपालिका १२ का वडा अध्यक्ष हुनुहुन्छ ।)