काठमाडौं, कात्तिक २० गते । नेपाली सीमा अतिक्रमण गरी भारतले जारी गरेको नयाँ नक्साको विरोधमा विभिन्न पक्षले देशभर प्रदर्शन गरेका छन् । काठमाडौंमा अखिल नेपाल स्वतन्त्र विद्यार्थी यूनियनले विरोध र्याली प्रदर्शन गरेको छ । अनेरास्ववियूले आज भारतले जारी गरेको नक्साको विरोध गर्दै काठमाडौंमा विरोध प्रदर्शन गरेको हो ।
लामो समयदेखि नेपाली सीमाबारे विवाद जारी रहेको लिपुलेक, लिम्पियाधुरा र कालापानीलाई भारतले आफ्नो देशको नक्सामा राखेर जारी गरेको भन्दै अनेरास्ववियूले यसको विरोध गरेको हो । प्रदर्शनमा सहभागीहरुले ब्याक अफ इन्डिया लेखिएको प्लेकार्ड सहित प्रदर्शन गरेका थिए ।
यसैबीच प्रधानमन्त्री केपी शर्मा ओलीका परराष्ट्र मामिला सल्लाहकार डा. राजन भट्टराईले ऐतिहासिक तथ्यले पनि कालापानी र लिपुलेक नेपाली भू–भाग भएकोले आफूहरु सोही मान्यतामा अडिग रहेको स्पष्ट पार्नुभएको छ ।
‘कालापानी नेपाली भ–ूभाग हो । ऐतिहासिक तथ्यले पनि त्यही भन्छ । हाम्रो मान्यता पनि यही हो । १९६२ देखि त्यहाँ बसेको भारतीय सेना हट्नुपर्छ ।
बुधबार रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको साक्षात्कारमा बोल्दै भट्टराईले नेपाली भूभागलाई भारतीय नक्शामा राखेकोमा गम्भिर ध्यानाकार्षण भएको स्पष्ट पार्नुभयो । ‘कालापानी नेपाली भ–ूभाग हो । ऐतिहासिक तथ्यले पनि त्यही भन्छ । हाम्रो मान्यता पनि यही हो । १९६२ देखि त्यहाँ बसेको भारतीय सेना हट्नुपर्छ । कालापानीलगायत सबै सिमा विवाद टुँग्याउनुपर्छ’ भट्टराईले भन्नुभयो ।
सिमा विवादबारे दुवै मुलुकको सहमतिमा मात्रै निश्कर्षमा पुग्नुपर्ने बताउँदै एकपक्षीय निर्णय अमान्य हुने उहाँको भनाई छ । ‘नेपाल र भारतबीच कतिपय सिमा खोलाले छुट्याउने गरेको र कहिलेकाहीँ खोलाले आफ्नो बहाव परिवर्तन गर्दा समस्या हुने गरेकोपनि उहाँले बताउनुभयो ।
त्यस्तै, उनले नेपाल–भारत प्रवुद्ध व्यक्ति समूह (ईपिजी) मा पनि सिमा विवादसम्बन्धी एउटा बुँदामा विस्तृत सुझाव समेटिएको उहाँको भनाई छ । ‘हामीले विस्तृत सुझावसहितको प्रतिवेदन तयार पारेका छौं । ईपिजीको प्रतिवेदन भारतले छिटो बुझ्नुपर्छ । यसमा नेपाल–भारत सम्बन्धका सबै उतारचढावबारे समग्र सुझाव छ’ भट्टराईले भन्नुभयो ।