अपराध घटाउन युवा युवतिहरुलाई साइबर क्राइमबारे सचेतना कार्यक्रम


सुनिल चौधरी
झुम्का, कात्तिक ३० गते । बिद्युतिय माध्यमको जति सहज उपलब्धता छ, त्यति नै समाजमा बिकृति पनि बढिरहेको छ । युवा युवक्तिहरु बिद्युतिय माध्यमबाट जान अन्जानमा गर्ने गल्तिले ठूलो अपराध निम्तिने गरेको छ । सो विषयमा युवाहरुलाई जनचेतना लगाउने खालको कार्यक्रम भएको छ ।

रामधुनी ९ वडा कार्यालयको सहयोगमा थारु महिला उत्थान समाज सुनसरीले इलाका प्रहरी कार्यालय पकलीको समन्बयमा साईबर क्राईम, मानव बेचबिखन र बालबिवाह सम्बन्धि सचेतनामूलक कार्यक्रम शनिबार गरेको हो ।

बिद्युतिय माध्यममा प्रयोग गरिने सामाजिक सञ्जालको दुरुपयोगले बलात्कार, अपहरण, मानव बेचविखन, बालबिवाह, चोरीजस्ता गम्भिरखालका अपराधिक गतिबिधि भइरहेको हुँदा त्यसबाट बच्न र सहि सदुपयोग गर्ने बारेमा कार्यक्रममा जानकारी दिइएको छ । इलाका प्रहरी पकलीका प्रहरी प्रमुख जितेश दाहालले सहजिकरण गर्दै अपराध हुनुभन्दा अगाडि नै जानकारी गराई सचेत हुनु पर्ने बताउनुभयो ।

सचेतना कार्यक्रममा साईबर अपराध हुने अवस्थाका बारेमा सामाजिक सञ्जालमा हेपाई गर्ने खालका लेखाई, यौनजन्य शन्देस आदान प्रदान, यौन मनसायले गरिने दबाब, बाल अस्लिल ब्यवहार, छलकपट जस्ता विषय कानुनतः दण्डनिय हुने उहाँले बताउनुभयो ।

वडाअध्यक्ष घनश्याम चौधरीको प्रमुख आतिथ्यतामा कार्यक्रमशुरु भई वडामा सामाजिक अपराधबारे जानकारी हुन सके बिकृतिहरु न्युनिकरण गर्नमा सघाउ हुने चौधरीले बताउनुभयो । कार्यक्रम थारु महिला उत्थान समाज रामधुनी सुनसरीकी अध्यक्ष सिता चौधरी थरुनीको सभापतित्वमा भएको थियो ।

साईबर क्राईमले बढी महिला पीडित हुने गरेकाले ग्रामिण महिलालाई सचेत गर्ने उद्देश्यले उत्थान समाजले कार्यक्रमको योजना गरेको अध्यक्ष चौधरीले बताउनुभयो । वडा सदस्य पुष्पलाल चौधरी, सोनिया थरुनी लगायत बालसमुह सञ्जालका प्रतिनिधिको उपस्थिती रहेको थियो । ७५ जना अभिभावक र बिद्यार्थीको सभागीता रहेको कार्यक्रममा उत्थान समाजकी कोषाध्यक्ष आशा चौधरीले स्वागत गर्नुभएको थियो ।

तपाईको प्रतिक्रिया