फोनिज प्रदेश ५ मा नयाँ कार्यसमिति गठन, पाँच जना थारु कमिटीमा


हमार पहुरा डट कम
पाल्पा, मंसिर १७ गते । नेपाल आदिबासी जनजाति पत्रकार महासंघ (फोनिज) प्रदेश ५ को नयाँ कार्य समिति सर्वसम्मत गठन भएको छ । प्रथम महाधिवेशनले मिलन गाहामगरको अध्यक्षतामा नयाँ कार्य समिति गठन गरेको हो ।

महाधिवेशनबाट प्रदेश कमिटीमा पाँचजना थारु पत्रकार सर्वसम्मत चयन भएका छन् । सुकेताल मगर होमस्टेमा मंगलबार आयोजित महाधिवेशनले उपाध्यक्ष (खुल्ला) सवि थारु, उपाध्यक्ष (महिला) मा प्रभाव गाहामगर चयन भएका छन् ।

त्यस्तै, महासचिवमा गजेन्द्र गुरुङ, संगठन सचिवमा नगेन्द्र चौधरी, संस्थागत सचिवमा रविन्द्र पुनमगर र कोषाध्यक्षमा विनोद श्रेष्ठ चयन भएका छन् । सोहीअनुसार सदस्यहरुमा क्रमशः निता चौधरी, यमुना चौधरी, विष्णुकुमार आले, रामअवतार चौधरी, प्रज्ज्वल श्रेष्ठ, रविन्द्रमान शेरचन र मिना कुलामगर रहेका छन् ।

फोनिजले यससँगै छ वटा प्रदेशको प्रदेश कमिटी गठन भइसकेको छ । अब कर्णालीको प्रदेश कमिटी गठन हुने तयारीमा छ । बुधबार १८ गते कर्णालीको महाधिवेशन सुर्खेतमा आयोजना हुँदैछ ।

तपाईको प्रतिक्रिया