सञ्जु चौधरीले भारोत्तोलनमा स्वर्ण पदक जितेर बनाइन पहिलो इतिहास


पोखरा, मंसिर १९ गते । नेपालकी सञ्जु चौधरीले १३ औं दक्षिण एसियाली खेलकुद (साग) अन्तर्गत भारोत्तोलनमा स्वर्ण पदक जित्दै इतिहास रच्नुभएको छ । यो भारोत्तलनमा नेपाली महिलाले जितेको पहिलो स्वर्ण पदक हो । यसअघि भारोत्तलनमै सन् २००६ मा पहिलो महिला ५९ केजी तौल समूहमा सञ्जुले नै श्रीलंकाका खेलाडीलाई पछि पार्दै स्वर्ण जित्नुभएको थियो ।

पोखरा १२, माटेपानीस्थित एसआर केसी बैंक्युटमा बिहीबारदेखि सुरु प्रतियोगितामा सञ्जुले स्न्याचमा ७४ र क्लिन एण्ड जर्कमा ९७ सहित १७१ केजी भार बहन गर्दै राष्ट्रिय कीर्तिमान (स्न्याच, क्लीन एण्ड जर्क तथा टोललतर्फ) बनाउनुभयो ।

श्रीलंकन खेलाडी आरएमएनएस राजापाक्षाले स्न्याचतर्फ ७० र क्लीन एण्ड जर्कमा ९१ गरी १६१ केजीका साथ रजत र बंगलादेशकी फायमा अख्तरले स्न्याचमा ७० र क्लीन एण्ड जर्कमा १६० केजी भार बहन गर्दै कास्य जित्नुभयो । चार देशले भाग लिएकोे भारोत्तोलनमा पाकिस्तानका खेलाडी चौथो भए ।

यसअघि नेपाल र भारतबीच भएको महिला भलिबल खेलमा धनगढीकी सरस्वती चौधरीले उत्कृष्ट खेल खेलेर सबैलाई चकित पार्नुभएको   थियो । यद्यपि भारतसँग नेपालले हार व्यहोरेको थियो । साग खेलमा सञ्जु र सरस्वतीले थारु समुदायसहित नेपालको इज्जत बढाउनुभएको छ ।

तपाईको प्रतिक्रिया