थारु कल्याणकारिणी सभा बाणगंगा नगर समितिको अध्यक्षमा भग्गु थारु


कमल चौधरी
कपिलबस्तु, पुस १० गते । कपिलबस्तुमा बाणगंगा नगरपालिका थारु कल्याणकारिणी नगर समिति बुधबार शिवरात्री मेला स्थल हथौसमा गठन भएको छ । भग्गु थारुको अध्यक्षतामा २१ सदस्यीय समिति गठन गरेको हो ।

थारु कल्याणकरिणी सभाका जिल्ला सभापति उमाशंकर थारुको अध्यक्षता, बाणगंगा नगरपालिका नगर प्रमुख मंगलप्रसाद थारुको प्रमुख अतिथ्यता तथा थाकसका केन्द्रीय सदस्यद्वय जन्जीरप्रसाद थारु र सुमित्रा कुमारी थारुको विशिष्ट अतिथ्यतामा कार्यक्रम भएको थियो ।

समितिको उपाध्यक्षमा ऋषिराम थारु, रिना थारु र नाथुराम थारु सर्वसहमतीबाट चयन भएका छन् । त्यस्तै सचिवमा श्रीराम थारु, कोषाध्यक्षमा गोविन्द थारु, सहसचिवमा सिर्जना थारु चयन भएका हुन् । त्यसैगरी सदस्यहरुमा सुर्यनारायण थारु, उदयराज थारु, सोनमति थारु, सावित्री थारु, नोखे थारु, रामबचन थारु, भग्गु थारु, रामप्रसाद थारु, जुना थारु, नुमलाल थारु, रंजिता थारु, राममिलन थारु, सरिता थारु र मञ्जु थारु रहेका छन् ।

बाणगंगा नगर समितिको अध्यक्ष पदमा चार जनाको उम्मेदवारी परे पनि सर्वसहमतीमा नयाँ कार्य समिति चयन गरेको थारु कल्याणकारिणी सभाका जिल्ला अध्यक्ष उमाशंकर चौधरीले जानकारी गराउनुभयो ।

बाणगंगा नगरपालिका थारु कल्याणकारिणी सभा नगर कार्य समितिको अयोजनामा यस बर्ष माघी (खिचडी) पर्वको अवसरमा दोस्रो नगर स्तरीय माघी महोत्सव तथा नयाँ बर्ष २०७६ कार्यक्रम गर्ने जानकारी दिनुभयो । उक्त कार्यक्रममा थारु समुदायका अग्रज, समाजसेवी, पत्रकार, कलकार लगायत सयौंको उपस्थिति थियो ।

तपाईको प्रतिक्रिया