चार जिल्लाका थारु अगुवाहरु नेपालगन्ज आउँदै, विषयकेन्द्रित छलफल हुने


भगतराम थारु
नेपालगन्ज, पुस १० गते । यही १२ गते शनिबार चार जिल्लाका थारु अगुवाहरु नेपालगन्जमा भेला हुने भएका छन् । अहिलेको राजनीतिमा थारु समुदायको समसामायिक विषय, २०७८ सालमा हुने नयाँ जनगणनाको बारेमा छलफल, टिकापुर घटनाको बारेमा थारु अगुवाहरुको भुमिकाबारेमा छलफल हुने बताइएको छ ।

लोकसेवा आयोगमा छुट्टै कोटाको व्यवस्था लगायत नेपालगन्ज उपमहानगरपालिकामा नगर थारु कल्याणकारिणी सभा गठन गरिने थारु कल्याणकारिणी सभा बाँकेका अध्यक्ष विनोद चौधरीले जानकारी गराउनुभयो । बाँके, बर्दिया, दाङ र सुर्खेतका गरी करिव सयबढी थारु अगुवाहरुको उक्त कार्यक्रममा सहभागिता रहने अध्यक्ष चौधरीले जानकारी गराउनुभयो ।

सहभागिलाई थारु कल्याणकारिणीसभाका केन्द्रिय उपाध्यक्ष देवी चौधरी र केन्द्रिय सदस्य गोविन्द चौधरीले प्रशिक्षण दिने कार्यक्रम समेत रहेको उहाँले बताउनुभयो । नेपालगन्जबाटै राष्ट्रिय मुद्दाको विषयमा बहस हुने अध्यक्ष विनोद चौधरीले जानकारी गराउनुभयो ।

अध्यक्ष चौधरीको अध्यक्षतामा हुने थारु अगुवाहरुलाई प्रशिक्षण कार्यक्रमको उद्घाटन तथा प्रमुख अतिथि केन्द्रिय उपाध्यक्ष देवी चौधरीले गर्नुहुने आयोजकले बिहीवार नेपालगन्जमा पत्रकार भेटघाट कार्यक्रम गरी जानकारी गराएको छ ।

तपाईको प्रतिक्रिया