जातिय बाहुल्यताको आधारमा सिमाङ्कन छुट्याउन थाकसका अगुवाहरुको माग


भगतराम थारु
नेपालगन्ज, पुस १२ गते । जातिय बहुल्यताको आधारमा सिमाङकन छुत्याउन थारु अगुवाहरुले माग गरेका छन् । शनिवार नेपालगन्जमा चार जिल्लाका थारु अगुवा तथा कार्यकर्ता प्रशिक्षण तथा अन्तरक्रिया कार्यक्रममा सो माग गरेका हुन् ।

थारु कल्याणकारिणी सभा (थाकस) केन्द्रिय कार्य समिति बाँके, बर्दिया, दाङ र सुर्खेतको आयोजनामा भएको प्रशिक्षण तथा अन्तरक्रिया कार्यक्रममा चार जिल्लाका सय बढी थारु अगुवा कार्यकर्ताहरुको सहभागिता रहेको थियो । प्रशिक्षण तथा अन्तरक्रिया कार्यक्रममा सहभागिहरुले अहिलेको राजनीतिमा थारु समुदायको समसामायिक विषयमा बृहत जोड दिएका थिए ।

२०७८ सालमा हुने नयाँ जनगणनाको बारेमा निकास निकाल्ने, टिकापुर घटनाका आरोपितलाई छानविन गरी बन्दिलाई रिहा गर्नुपर्ने लगायतको विषयमा बृहत छलफल गरिएको थारु कल्याणकारिणी सभा बाँकेका अध्यक्ष विनोद थारुले बताउनुभयो ।

थारु समुदायको बहुल्यता भएको ठाउँमा थारु नै नेतृत्वमा हुनुपर्ने माग अगुवाहरुको छ । थाकसका केन्द्रिय सदस्य नेमबहादुर थारुले राज्यले थारु समुदायलाई भोटरको रुपमा मात्र प्रयोग गरेको धारणा राख्नुभयो । थारु समुदायको भोटले नै जितेका नेताहरुले नै थारुहरुको समस्या नबुझेको उहाँले बताउनुभयो ।

थारु समुदायलाई प्रयोग गरी माथिल्लो ओहोदामा पुगेका नेतालाई नछोड्ने चेतावनी पनि थारु अगुवाहरुले दिएका छन् । थरुहट राज्य मागको लािग कति थारुहरु बलिदान भए कति कुटाई खाए तर पनि केन्द्रिय तहमा बसेका थारु अगुवाहरुले थारुहरुको समस्या नबुझेको आरोप भेलाले लगाएको छ ।

थारु समुदायको मुद्दालाई लिएर सभासद, मन्त्री बन्नेले पनि केन्द्रिय स्तरमा गएपछि विर्सने गरेको उनिहरुले धारणा राखेको थिए । थारु समुदायलाई राज्यले अपहेलना गरे आन्दोलनमा उत्रिने चेतावनी दिएका छन् । अहिलेसम्म अरु समुदायको छुटटै कोटा हुने तर थारु समुदायको लागि राज्यले छुट्टै कोटा नगरेको हुनाले लोकसेवा आयोगमा पनि छुट्टै कोटाको व्यवस्था हुनुपर्ने माग गरेका छन् ।

प्रशिक्षण तथा अन्तरक्रिया कार्यक्रमलाई थारु कल्याणकारिणीसभाका केन्द्रिय सदस्य नेमबहादुर थारुले प्रशिक्षण दिनुभएको थियो । थारु कल्याणकारिणीसभाले प्रशिक्षण तथा अन्तरक्रिया कार्यक्रम मेची देखि महाकालीसम्म अभियान राखेको आयोजकले जनाएको छ ।

तपाईको प्रतिक्रिया