कपिलवस्तुको शिवराज नगरपालिकामा पाँचसय ५९ को निशुल्क आँखा जाँच


रामअवतार चौधरी
कपिलवस्तु, पुस १८ गते । कपिलस्तुको शिवराज नगरपालिकाको खरेन्द्रपुरमा निःशुल्क आँखा शिविर सम्पन्न भएको छ । शिवराज नगरपालिका ३ र ४ को संयुक्त आयोजनामा विहिबार यहाँ भएको शिविरमा पाँचसय ५९ जनाले सेवा लिएका छन् ।

वडा नं ३ र ४ का चेकजाँच गराएका विरामीहरुमध्ये एकसय २५ जनामा मोतिया बिन्दु समस्या देखा परेको छ । उनीहरुलाई निःशुल्क अपरेशनका लागि बुटवल पठाइएको वडा अध्यक्षले बताउनुभयो ।

वडा कार्यालयले वडाबासीहरुलाई सहजरुपमा आँखा जाँच गराउने उद्देश्यले शिविर सञ्चालन गरेको वडा कार्यालयले जनाएको छ । नेपाल नेत्र ज्योती संघ बुटवल, लायन्स आँखा अस्पातालको प्राविधिक सहयोगमा निशुल्क आँखा शिविर आयोजना गरिएको हो ।

उक्त कार्यक्रममा शिवराज नगरपालिकाका उपप्रमुख शिवकुमारी थारु, प्रमुख प्रशासकीय अधिकृत हरीप्रसाद आर्याल, वडा नं ३ का अध्यक्ष टेकलाल सापकोटा, वडा नं ४ का अध्यक्ष सफिक अह्मद मुसलमान लगायतको सहभागीता रहेको थियो ।

तपाईको प्रतिक्रिया