कपिलवस्तुमा तेस्रो माघी मिलन साँस्कृतिक महोत्सव पुस २८ गतेदेखि


रामअवतार चौधरी
कपिलवस्तु, पुस १८ गते । कपिलवस्तुको शिवराज नगरपालिका–९, शिवगढी, भगवानपुरमा तेस्रो माघी मिलन साँस्कृतिक महोत्सव–२०७६ यहि पुस २८ गतेदेखि हुनेभएको छ । भगवानपुर गाउँ समाज समितिको आयोजनामा हुना लागेको महोत्सव तीन दिन चल्ने आयोजकले जनाएको छ ।

“हमन संस्कृति हमनके सान, भूमिपुत्र थारु हमरे बचाई अपन पहिचान” मुल नाराकासाथ पुस २८ गतेदेखि माघ १ गते सम्म महोत्सव सञ्चालन हुनलागेको हो । महोत्सवका मुख्य आकर्षणहरूमा थारु पुर्खाैली तथा हस्ताकला पौवा, ढेकी, हेल्का, डेलिया, हलो जुवा, छटरी जस्ता सामाग्रीको प्रदर्शन, झुम्रा, झर्रा, लाठी, मयुर, सजनी बिरहानी लगायका थारु नृत्य, थारु खानाको परिकार, थारु भेषभुषाको प्रदर्शन आदि लगायत थारु समुदायसँग सम्बन्धित संस्कृतिलाई संरक्षण गर्ने उद्देश्यले सञ्चालन गर्न लागिएको बताइएको छ ।

यस्तै कलाकारहरूलाई पनि महोत्सव आकर्षणको केन्द्रमा राखिएको आयोजकले बताएको छ । महोत्सवमा थारु गायक तथा एरेन्जर गणेश चौधरी, आधुनिक, भोजपुरी तथा थारु गायक श्रीनिवास थारु, आधुनिक एवम् थारु गायिका समिक्षा चौधरी, थारु गायक रमेश मिसन लगायतको प्रदर्शन रहने बताइएको छ ।

त्यसैगरी थारु गायक सिमान्त चौधरी, सरगम चौधरी, रन्जित थारु, गायिका संगिता चौधरी, थारु गायक उत्तम सिटी, मोडल तथा डान्सर ममता चौधरी, गायक राजकुमार चौधरी, मोडल शारदा थारु, गायक रमेश सिटी, विष्णु चौधरी, कृष्ण चौधरी, विशाल चौधरी, आर्यन चौधरी, बिन्दु चौधरी लगायतको बेजोड प्रस्तुति रहने साँस्कृतिक संयोजक शिवराज थारुले जानकारी दिनुभयो ।

उक्त कार्यक्रमलाई सफल पार्न जिम्मेवारी समेत बाँडफाँट गरिएको तथा साँस्कृतिक महोत्सव दिउसो हुने महोत्सव संयोजक रमेश थारुले जानकारी दिनुभयो ।

तपाईको प्रतिक्रिया