दाङको लमहीमा थारु पत्रकारको एक दिने क्षमता अभिबृद्धि कार्यक्रम


हमार पहुरा डट कम
लमही (दाङ), माघ १९ गते । थारु पत्रकार संघ, नेपालमा आवद्ध दश जिल्लाका थारु पत्रकारका लागि एकदिने क्षमता अभिबृद्धि कार्यक्रम दाङको लमहीमा आइतबार सम्पन्न भएको छ । कार्यक्रममा चित्तवन पश्चिमका कञ्चनपुरसम्मका ३० जना पत्रकारको सहभागिता थियो ।

थारु आयोगको आयोजना तथा थारु पत्रकार संघ, नेपालको सहजीकरणमा कार्यक्रम तय भएको हो । कार्यक्रममा चित्तवन, नवलपरासी, रुपन्देही, कपिलवस्तु, दाङ, सुर्खेत, बाँके, वर्दिया, कैलाली र कञ्चनपुरका पत्रकार सहभागी छन् ।

आयोगले थारु पत्रकार भेला गरेर यो पहिलो साक्षात्कार कार्यक्रम गरेको हो । कार्यक्रमले थारु आयोगको काम, कर्तव्य र जिम्मेवारी, भएको उपलब्धीबारे पत्रकारलाई जानकारी गराउने, पत्रकार र आयोगबीचको सहकार्यलाई सुदृढ बनाउन कार्यक्रमले सहयोग गरेको आयोगका अध्यक्ष विष्णुप्रसाद चौधरीले बताउनुभयो । समयअनुसार पत्रकारको क्षमता अभिबृद्धि कार्यक्रमले पत्रकारलाई थप सशख्त हुनमा सहयोग पुगेको पनि उहाँले बताउनुभयो ।

कार्यक्रममा पत्रकार लक्की चौधरी, दुर्गालाल केसीले मिडियाबारे कार्यपत्र प्रस्तुत गर्नुभएको थियो । आयोगका अधिकृत जागुराम चौधरीले थारु आयोगको काम, कर्तव्य र कानुनी व्यवस्थाबारे संक्षेपमा जानकारी गराउनुभएको थियो । आयोगले आगामी दिनमा थारुको समग्र विषयमा जनचेतनामुलक कार्यक्रम गर्नमा पत्रकारसँग सहकार्य गर्ने बताएको छ । थारुको थर पहिचान गर्ने, पुराना ज्ञान, सीप र हस्तकलाको संरक्षण तथा हस्तान्तरणमा ध्यान दिने आयोगले जनाएको छ ।

कार्यक्रममा सहभागी पत्रकारले आयोगको कामलाई प्रभावकारी बनाउन सुझाव दिएका थिए । आयोगले थारुको मुद्दालाई प्राथमिकरण गरी त्यसको समाधानका लागि सरकारसँग आग्रह गर्नुपर्ने सुझाव दिनुभयो । आयोगले निश्चित् बजेटको समयसीमाभित्र रही कानून ऐनले दिएको क्षेत्राधिकारभित्र रहेर थारु समुदायको सशक्तिकरणका लागि भूमिका खेल्ने प्रतिवद्धता जनाएको छ ।

 

तपाईको प्रतिक्रिया