मनिराज बाङ्मय पुरस्कार २०७६ बाट पूर्व प्रधानमन्त्री चन्द पुरस्कृत हुनुहुने

‘खडकबहादुर सिंह प्रतिभा पुरस्कार २०७५’ साहित्यकार लक्की चौधरीलाई


हमार पहुरा डट कम
धनगढी, जेठ २४ गते । नेपाली साहित्य तथा संस्कृति प्रतिष्ठान गोदावरी कैलालीले मनिराज बाङ्मय पुरस्कार २०७६ बाट वरिष्ठ साहित्यकार तथा पूर्व प्रधानमन्त्री लोकेन्द्र बहादुर चन्दलाई पुरस्कृत गर्ने निर्णय गरेको छ ।

धनगढीमा शनिबार बसेको प्रतिष्ठानको बैठकले सो निर्णय गरेको हो । सो पुरस्कारको राशी एक लाख एक हजार एक सय एघार रुपियाँ तथा सम्मानपत्र रहेको छ । वरिष्ठ साहित्यकार मनिराज जोशीको नामबाट स्थापित सो पुरस्कारको संस्थापक उहाँका पुत्र गोविन्दराज जोशी र बुहारी तारा जोशी रहनुभएको छ । सो पुरस्कारबाट यसअघि राष्ट्रकवि माधवप्रसाद घिमिरे र साहित्यकार दधिराज सुवेदी पुरस्कृत भइसक्नुभएको छ ।

खडकबहादुर सिंह प्रतिभा पुरस्कार २०७५ बाट साहित्यकार तथा पत्रकार लक्की चौधरी सम्मानित हुने प्रतिष्ठानले बताएको   छ ।

त्यसैगरी प्रतिष्ठानद्वारा स्थापित खप्तड स्वामी सच्चिदानन्द पुरस्कार २०७५ बाट ज्ञानानन्द सरस्वती (चितवन), गोदावरी प्रतिभा पुरस्कार २०७५ बाट दीपकप्रकाश बास्कोटा (झापा), आचार्य देवराज शास्त्री पुरस्कार २०७५ बाट भरतराज पौडेल (काठमाडौं), जयराज पन्त लोकसाहित्य पुरस्कार २०७५ बाट लक्ष्मीकान्त जोशी (बझाङ), नृपबहादुर स्वार साहित्य पुरस्कार २०७५ बाट नारा जोशी (कञ्चनपुर) पुरस्कृत हुनुहुनेछ ।
त्यसैगरी आचार्य देवराज शास्त्री साहित्य पुरस्कार २०७६ बाट प्रा.डा. रामचन्द्र भट्ट र खडकबहादुर सिंह प्रतिभा पुरस्कार २०७५ बाट साहित्यकार तथा पत्रकार लक्की चौधरी सम्मानित हुने प्रतिष्ठानले बताएको छ । यी पुरस्कारको राशी जनही नगद १० हजार रुपियाँ र अभिनन्दनपत्र रहेको प्रतिष्ठानले जनाएको छ ।

प्रतिष्ठानका अध्यक्ष वरिष्ठ साहित्यकार पद्मराज जोशीको अध्यक्षतामा बसेको बैठकले प्रतिभा छनौट समितिको सिफारिसका आधारमा सो निर्णय गरेको प्रतिष्ठानका महासचिव डा. टी.एन. जोशीले जानकारी दिनुभयो । लकडाउन खुलेपछि उपयुक्त समयमा बृहद कार्यक्रमको आयोजना गरी पुरस्कार वितरण गरिने उहाँले जानकारी दिनुभयो ।

तपाईको प्रतिक्रिया