थारु पत्रकार संघको तीन दिने भर्चुवल प्रशिक्षण, एकसय जनाको सहभागिता


हमार पहुरा डट कम
काठमाडौं, जेठ २६ गते । थारु पत्रकार संघ, नेपालले लकडाउन (बन्दाबन्दी) को समय सदुपयोग गर्दै तीन दिने भर्चुवल आधारभूत पत्रकारिता तालिम शुरु गरेको छ । आइतबारबाट शुरुभएको प्रशिक्षण मंगलबारसम्म सञ्चालन हुनेछ ।

संघको आयोजनामा भएको प्रशिक्षणमा पत्रकार डण्ड गुरुङ, लक्की चौधरी, डा. कृष्णराज सर्वहारी, ठाकुरसिंह थारु, दुर्गाप्रसाद चौधरी, पार्वता चौधरी, सन्तकुमार चौधरी र उन्नति चौधरीले विभिन्न विधामा भर्चुवल प्रशिक्षण दिइरहनुभएको छ ।
प्रशिक्षणमा विदेश र स्वदेशमा बस्ने थारु युवा युवतीको सहभागिता छ । पत्रकारिता पेशामा आउन चाहने र पत्रकारिताबारे ज्ञान हासिल गर्न चाहनेहरुको प्रक्षिणमा सहभागिता रहेको आयोजकले बताएको छ ।

नेपाली र थारु पत्रकारिता, समाचार, अनलाइन पत्रकारिता, न्यू मिडिया, आमसञ्चार, नेपाली प्रेसको प्रबृत्ति, प्रेस आचारसंहिता, रिपोर्टिङ, गुगल टुल्सका बारेमो प्रशिक्षकले सहभागीलाई जानकारी गराइरहनुभएको छ । आयोजकका अनुसार प्रशिक्षण निःशुल्क गरिएको छ । अनलाइनबाट फाराम भरेर प्रशिक्षार्थीहरु प्रशिक्षणमा सहभागीता जनाउनुभएको छ ।

प्रशिक्षण कार्यक्रमले बन्दाबन्दीको समय सदुपयोग हुने र पत्रकारिताबारे सहभागी संयौं थारु युवायुवतीले ज्ञान हासिल गर्ने आयोजकले विश्वास गरेको छ ।

शुरुको दिन आइतबार दुर्गाप्रसाद चौधरीले गुगल टुल्सकाबारेमा प्रशिक्षण दिनुभयो । त्यस्तै, संघका महासचिव सन्तुकमार थारुले आमसञ्चार र त्यसको महत्वबारेमा प्रशिक्षण दिनुभयो । जुम सफ्टवयेरमार्फत शुरुभएको भर्चुवल प्रशिक्षण कार्यक्रममा पत्रकार कारी महतोले प्राविधिक सहयोग गरिरहनुभएको छ ।

तपाईको प्रतिक्रिया