फरवार्ड संस्थाले गर्यो कोभिड १९ कोषमा १३ लाख ८५ हजार रुपियाँ सहयोग


हमार पहुरा डट कम
काठमाडौं, भदौ ४ गते । फरवार्ड माइक्रो फाइनान्स वित्तीय संस्था सुनसरीले नेपाल सरकारको कोभिड –१९ संक्रमण रोकथाम, नियन्त्रण तथा उपचार राहत कोषमा १३ लाख ८५ हजार ४६५ रुपियाँ सहयोग उपलब्ध गराएको छ ।

फरवार्ड माइक्रोफाइनान्सका अध्यक्ष तथा पूर्व राज्यमन्त्री भगवती चौधरीले प्रधानमन्त्री केपी शर्मा ओलीलाई कोरोना संक्रमण रोकथाम तथा नियन्त्रण कोषमा सो रकम बरावरको चेक हस्तान्तरण गर्नुभएको हो ।

उक्त रकम बराबरको चेक ग्रहण गर्दै प्रधानमन्त्री ओलीले नेपालमा विश्वव्यापी कोरोना संक्रमण नियन्त्रण तथा रोकथाम नियन्त्रण गर्न समुदाय र वित्तीय संस्थाहरुले निर्वाह गरेको भूमिकाको प्रशंशा गर्नुभएको अध्यक्ष चौधरीले बताउनुभयो ।

फरवार्ड माइक्रो फाइनान्स संस्थाबाट १० लाख रुपियाँ, वित्तीय संस्थाका कर्मचारीहरुको एक दिनको तलब बराबर ३ लाख ८५ हजार ४ सय ६५ रुििपयाँ रहेको सो संस्थाले जनाएको छ ।

सोहीअनुसार फरवार्डले प्रदेश सरकार अन्तर्गत स्थापना गरेको राहत कोषमा पनि रकम हस्तान्तरण गरेको छ । वित्तीय संस्थाको जिल्ला स्थानिय निकाय राहत सामग्री एवम् सेनिटाइजर माक्स पीपीई वापत सातै प्रदेशलाई १० लाख खर्च गरिने फरवार्डका अध्यक्ष चौधरीले जानकारी दिनुभयो । सरकारले गठन गरेको सो राहत कोषमा आवश्यक सहयोग गर्न सबैमा आग्रह गरेको छ ।

तपाईको प्रतिक्रिया